ओखलढुंगामा सहकर्मी कुट्ने वडाध्यक्ष पक्राउ

ओखलढुंगामा सहकर्मी कुट्ने वडाध्यक्ष पक्राउ




समायोजन खबर ओखलढुंगा,
छिमेकी वडाका वडा अध्यक्षमाथि कुटपिट गर्ने चम्पादेवी गाउँपालिका–८ का वडा अध्यक्ष अजय लुइँटेललाई प्रहरीले पक्राउ गरेको छ । लुइँटेल आइबार साँझ पक्राउ परेको प्रहरीले जनाएको हो । अध्यक्ष लुइँटेलाई पक्राउ गरेर प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुष्पराज मल्लले बताउनुभयो । उहाँले भन्नुभयोे, ‘उहाँ हाम्रोमा हुनुहुन्छ, मुद्दा अनुसन्धान गरेर प्रशासन कार्यालयमा बुझाउँछौँ।’

लुइँटेलमाथि चम्पादेवी गाउँपालिकाको कार्यालयमा यही गाउँपालिका – ७ का वडा अध्यक्ष सुरेश थापालाई गएको असार ३० गते कुटपिट गरेको अभियोग छ । पीडित थापाले गाउँपालिकामा काम गरिरहेको अवस्थामा दिउँसो ३ बजे रक्सी खाएर आएका लुइँटेलले कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा गएको साउन १ गते उजुरी दिनुभएको हो ।

 

आरोपित अध्यक्षलाई पटक–पटक कार्यालयमा हाजिर हुन आउने ताकेता गरे पनि अटेर गरेपछि प्रहरीले पक्राउ गरेको जनाइएको छ । स्थानीयले अध्यक्ष थापासहित गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम भगत र सुब्बा ईश्वर ढुंगानालाई समेत कुटपिट गर्ने धम्की दिएको अडियो रेकर्ड प्रहरीमा बुझाएका थिए । अडियोमा लुइँटेलले थापालाई कुटेको र अरु २ जना कर्मचारी प्रमुख प्रशासकीय अधिकृत तुलसीराम भगत र सुब्बा ईश्वर ढुंगानालाई आफूले मागेको चेक नकाटेको भन्दै ठिक पार्छु भनेको सुन्न सकिन्छ ।
२०७६ भदौ २३ गते मध्यान्ह १२ :०४ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology