• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

निर्मम रुपमा कुकुरलाई कुटेर मारिएको भन्दै व्यापक आलोचना

निर्मम रुपमा कुकुरलाई कुटेर मारिएको भन्दै व्यापक आलोचना


समायोजन खबर
  • आइतबार, भाद्र १५ २०७६

  • सांकेतिक तस्विर

    समायोजन खबर खोटाङ,
    शनिबार बिहान नौ वजे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको त्रिवेणीचोकमा एउटा भुस्याहा कुकुरलाई कुटेर मारिएको भिडियो बाजिन्द्र बिष्टको फेसबुकमार्फत सार्वजनिक भएपछि त्यसको चौतर्फी विरोध भएको छ । भुस्याहा कुकुरलाई निर्मम तरिकाले कुटेर मारिएको भन्दै आलोचना देश तथा विदेशमा विरोध भएको हो ।

    बिष्टले आफ्नो फेसबुकमा हालेको एक मिनेट १० सेकेण्ड लामोे भिडियोमा एक जनाले कुकुरलाई दाम्लोले बाँधेको र अर्को जनाले चिरपटले टाउकामा हिर्काएर निर्मम तरिकाले मारेको देखिन्छ । दृश्यमा कतिपय मरेका र कतिपय बेहोस कुकुरलाई ट्याक्टरमा हालेर भवनगैरातर्फ लैजाँदै गर्दा त्रिबेणीचोकमा सो कुकुरलाई निर्मम तरिकाले मारेको देखिन्छ । कुकुरलाई कुटेको भिडियो भाईरल भएपछि सो भिडियोलाई फेसबुकले ढाकेको छ । बिष्टले हालेको सो भिडियो हाल ‘अनकभर’ गरेपछि मात्र हेर्न सकिन्छ । बिहान सार्वजनिक भएको भिडियो करिब एक घण्टामै हजारौं भ्यूअरले हेरे, उत्तिकै शेयर भएका छन् । भिडियोको अधिकांश कमेन्टमा पशु अधिकार हनन् भएको भन्दै नगरपालिकाको आलोचना गरिएको छ ।

    केही दिनअघि विष हालेको र विषले मरेका, बेहोस भएका तथा छटपटाइरहेको अवस्थामा कुकुरलाई पुर्नका लागि ट्याक्टरमा संकलन गरिएको स्थानीयको दाबी छ । त्रिबेणीचोकमा फेला परेको कुकुर पनि विषले ढलमलिइरहेको अवस्थामा फेला पारेर कुटेर मारिएको स्थानीय बताउँछन् । भिडियोमा सो कुकुरलाई पनि मारेपछि ट्याक्टर गएतिर घिसार्दै लगेको देखिन्छ । मेयर दिपनारायण रिजाल सचिवालयले भने भुस्याहा कुकुरलाई हैजा लागेको कारण मर्न थालेको र मरेका कुकुरलाई व्यवस्थापन गर्नेक्रममा बाटोमा एउटा कुकुरले जनावरलाई टोकेर भाग्दै गर्दा अरुलाई पनि टोक्ने सम्भावना भएकाले केही व्यक्तीले नियन्त्रण गर्नेक्रममा कुटपिट गरि मारिएको जानकारी आएको जनाएको छ । ‘नगरपालिकाको कुकुर मार्ने कुनै योजना नभएको र कसैले पनि मार्ने कार्य नगर्नु र नगराउन पनि अनुरोध गरिन्छ,’ मेयर रिजाल सचिवालयले जारी गरेको सुचनामा भनिएको छ, ‘घर पालुवा कुकुरलाई बाँधेर व्यवस्थितढंगले पाल्न सम्पूर्ण नगरबासीमा अनुरोध गर्दछौँ ।’

    बजारमा भुसिया कुकुरले बिहान र रातका समयमा हिँडडुल गर्नेक्रममा टोक्ने र आतंक फैलाएकाले नियन्त्रण गर्ने निर्णय गरिएको भए पनि पशु अधिकार उल्लंघन गर्ने काम नभएको मेयर रिजालले दाबी गरे । मेयर रिजालका राजनैतिक सल्लाहकार कमल ढकालले भने फेसबुकमा भुस्याहा कुकुर आपसमा जुधेर शरीरमा घाउ हुँदा विभिन्न रोगले मरेको अवस्थामा फेला परेकाले व्यवस्थापन गरिएको उल्लेख गरेका छन् ।  बिष्टले कुकुर नियन्त्रणको अन्य उपाय नखोजिएको बताए । ‘भुसिया कुकुरले बजारमा समस्या सिर्जना गरेको छ । कतिपय मान्छेलाई टोकेको पनि सुनेको छु । त्यसको व्यवस्थापन एकदमै जरुरी छ,’ कांग्रेस नेता रहेका बिष्टले भने, ‘तर, नियन्त्रण गर्ने नाममा पशुको अधिकार नै हनन् गर्नु उचित होईन । अन्य बैकल्पिक उपाय अनपाउन पथ्र्यो ।’ भुस्याहा कुकुरलाई कुटेर मारिएको घट्नापछि हाल फेसबुकमा पक्ष÷विपक्षमा जुहारी चलिरहेको छ ।
    २०७६ भदौ १५ गते दिउँसो २ :०२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology