सोलुमा जिल्लाकै ठूलो सामुदायिक हल उद्घाटन

सोलुमा जिल्लाकै ठूलो सामुदायिक हल उद्घाटन




समायोजन खबर सोलुखुम्बु,
सोलुदुधकुण्ड नगरपालिका–७ गार्मामा निर्मित जिल्लाकै ठूलो सामुदायीक हल उद्घाटन गरिएको छ । अष्ट्रेलियन हिमालयन फाउण्डेशनको आर्थिक सहयोग तथा रिड नेपालको प्राविधिक सहयोगमा गार्मा माध्यमिक विद्यालय परिसरमा निर्माण सम्पन्न गरिएको गार्मा सामुदायीक हलको बिहीबार नेपालका लागि अष्ट्रेलियाका राजदुत पिटर बडले रिवन काटेर उद्घाटन गरे । ९२ लाख ४८ हजारको लागतमा निर्माण सम्पन्न भएको हलमा पाँच सय व्यक्ति अट्न सक्ने क्षमता रहेको छ ।


उद्घाटन कार्यक्रममा नेपालका लागि अष्ट्रेलियाका राजदुत पिटर बडले ग्रामिण भेगमा समुदायको सक्रियतामा सामुदायीक हल निर्माण गर्नुले दशकौ देखिको नेपाल–अष्ट्रेलिया सम्बन्धलाई अझ मजबुत बनाएको बताए । बर्षेनी ३० हजारको हाराहारीमा अष्ट्रेलियाली नागरिक भ्रमण र विकासका क्रियाकलापमा सहभागी बन्नका लागि नेपाल आउने र एक लाखको हाराहारीमा नेपाली विद्यार्थी अध्ययन र रोजगारीका लागि अष्ट्रेलिया पुगेकाले दुई देशबीचको सम्बन्धलाई सौर्हादपुर्ण वातावरणमा चलिरहेको उनले बताए ।

 

कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले नेपाल–अष्ट्रेलिया सिधा हवाई उडानका लागि पहल गर्न राजदुत बडलाई आग्रह गरे । हवाई उडान शुरु भए दुई देशमा आवतजावतका लागि सहज हुने र नेपालमा पर्यटकको संख्या बृद्धिमा सहयोग पुग्ने बताए । रिड नेपालका अध्यक्ष भिम बोगटीले हललाई विद्यालय र समुदायको हितमा प्रयोग गर्न सुझाव दिए । उनले प्राकृतिक विपत्तीका बेला पनि समुदायका नागरिकलाई सुरक्षित रहन प्रयोग गर्न सकिने बताए । प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल, प्रहरी नायव उपरिक्षक नारायण प्रसाद चिमोरिया लगायतको उपस्थितीमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक विनोद सिं तामाङले सामुदायीक हललाई शैक्षिक क्रियाकलाप र समुदायमा हुने साना–ठूला कार्यक्रम संचालनका लागि प्रयोग गर्ने बताए । राजनितिक कार्यक्रम भने प्रतिबन्ध लगाउने प्रध्यानाध्यापक तामाङको भनाई छ ।
२०७६ भदौ १२ गते राती ८ : १२ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology