भोजपुरको पौवादुम्मा गाउँपालिकामा तालाबन्दी

भोजपुरको पौवादुम्मा गाउँपालिकामा तालाबन्दी




समायोजन खबर भोजपुर,
पौवादुम्मा गाउँपालिकामा तालाबन्दी गरेका छन् । एक महिना अघि इन्जीनियर, सव इन्जिनीयर र अहेवको मौखिक परिक्षा लिई हालसम्म पनि नतिजा प्रकाशन नगरेको भन्दै प्रतिपक्ष दल नेपाली कांग्रेस पौवादुम्मा र स्थानीय सरोकारवालाले पालिकाको अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

पालिका अध्यक्ष र उपाध्यक्षको भागबण्डा नमिलेका कारण परिक्षाको नतिजा प्रकाशन नगरेको कांग्रेस पौवादुम्माले आरोप लगाएको छ । उक्त परिक्षाको तत्काल नतिजा प्रकाशन र कोरियन भाषा प्रशिक्षण कक्षाका लागि छुट्याइएको बजेट खारेज गर्न माग गर्दै ताला लगाएको कांग्रेस पौवादुम्माका नेता मनोज कार्कीले बताए ।

सरकारले वेरोजगार युवालाई स्वदेशमै रोजगार बनाउने उदेश्य राखी प्रधानमन्त्री स्वारोजगार कार्यक्रम समेत संचालन गरिरहेको बेला पालिकाले भने त्यस कार्यको विपरित दक्ष युवालाई अरुको भाषा सिकाई विदेश पठाउन प्रोत्साहन गरेको भन्दै असन्त’ष्टि जनाएको छ ।
यता गाउँपालिकाका अध्यक्ष किरण राईले भने आन्तरिक समस्याका कारण परिक्षाको नतिजा प्रकाशन गर्न नसकेको जानकारी दिए । अध्यक्ष राईले भने, कोरियन भाषाको कक्षा संचालन दिर्घकालीन योजना नभई अल्पकालिन योजनाको रुपमा सञ्चालन गर्न बजेट विनियोजन गरेको बताए ।
२०७६ भदौ १२ गते बिहान ९ :०४ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology