समायोजन खबर संखुवासभा,
खाँदबारी नगरपालिका–४ मा जन्मिएका स्वर्गीय गायक खेमराज गुरुङको सम्पूर्ण गीतहरु संकलन गरी युट्युबमा राखिने भएको छ । खेमराज गुरुङ ट्रस्टले उहाँको नाममा युट्युब च्यानल स्थापना गरी शब्द, स्वर र संगीत भरेका उहाँका सम्पूर्ण गीतहरु संकलन गरी युट्युबमा राखिने जनाएको हो । २०५८ सालमा बजारमा आएको पूर्वेली भाका भएको ‘वारि जमुना पारि जमुना’ बोलको गीतले उहाँलाई विश्वमाझ चिनाएको थियो । त्यो गीत विश्वकै सयमध्ये उत्कृष्ट रुचाइएको मध्येमा परेको थियो ।
अझै पनि यो बोलको गीत आमश्रोताले अझै पनि गाउने गरेका छन् भने उत्तिकै लोकप्रिय समेत रहेको छ । त्यो बाहेक स्वर्गीय गायक गुरुङको ‘आलु तामाले’, ‘खोलाको चिसो पानी’ लगायत दुई दर्जनभन्दा बढी गीत चर्चित रहेका छन् । दुई छोराका पिता गुरुङको तीन वर्षअघि उहाँको उपचारको क्रममा निधन भएको थियो । उहाँका जेठा छोरा शुभमको समेत गीतसंगीतप्रति लगाव रहेको छ । ट्रस्टले गुरुङसँग सम्बन्धित गीतहरूको संग्रह नभएकाले सबैलाई त्यस्तो गीत भए आफूहरूलाई सहयोग गर्न आग्रह गरेको छ ।
२०७६ भदौ १२ गते साँझ ५ :४८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology