बालुवासहित नियन्त्रणमा लिइएका नौ ट्याक्टर फिर्ता

बालुवासहित नियन्त्रणमा लिइएका नौ ट्याक्टर फिर्ता




समायोजन खबर खोटाङ,
अवैधरुपमा बालुवा निकासी गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको नौ वटा टयाक्टर फिर्ता गरिएको छ । रावाबेँसी गाउँपालिका–३ लामीडाँडाको रभुँवा आसपासबाट दुधकोसीको बालुवा निकालेर दिक्तेलतर्फ लैजाँदै गरेको अवस्थामा गत भदौ ४ र ५ गते प्रहरीले नियन्त्रणमा लिएको बालुवा सहितको ट्याक्टर मंगलबार फिर्ता गरिएको हो ।

जिल्ला समन्वय समितिको कार्यालयमा जिल्ला अनुगमन समिति, रावाबेँसी गाउँपालिकाका प्रतिनिधि र ट्याक्टर व्यवसायीबीचमा भएको छलफलमा आगामी दिनमा नदी तथा खोलाजन्य पदार्थ अवैध तरिकाले ढुवानी नगर्ने शर्तमा ट्याक्टर फिर्ता गरिएको जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले बताए । ट्याक्टर धनीले गाउँपालिकालाई नियम अनुशार राजस्व तिरेर बालुवा ओसारिरहेको पाइएकाले एक पटकलाई जरिवाना नगर्ने तर आगामी दिनमा गल्ती दोहोराए पटके कायम गरेर कारबाही गर्ने लिखित निर्णय भएको छ ।

जिल्ला समन्वय समितिले वाताबरणीय प्रभावकारी मूल्यांकन (आइई) गरेर मात्र नदी तथा खोलाबाट ढुंगा, गिटी तथा बालुवा झिक्नका लागि १० स्थानीय तहलाई पटक–पटक पत्राचार गरेपनि हालसम्म हलेसी तुवाचुङ नगरपालिकाले मात्र आइई गरेको जनाइएको छ । आइई नगरी नै नदी तथा खोलाजन्य पदार्थ निकासी गरिरहेका नौ स्थानीय तहलाई आइईका लागि पुःन ताकेता गर्ने निर्णय भएको जिल्ला समन्वय समितिका प्रमुख चाम्लिङले बताए ।
२०७६ भदौ १० गते राती ८ : ४६ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology