• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अग्नि पिडित परिवारलाई गाउँपालिकाको राहत

अग्नि पिडित परिवारलाई गाउँपालिकाको राहत


चिसाङ शेर्पा
  • शुक्रबार, भाद्र ६ २०७६

  • अग्नि पिडित परिवारलाई राहत रकम प्रदान गर्दै गाउँपालिका अध्यक्ष विश्वनाथ निरौला ।

    चिसाङ शेर्पा खोटाङ,
    खोटाङको ऐंसेलुखर्क गाउँपालिकाले अग्नि पिडित एक परिवारलाई राहत प्रदान गरेको छ । गाउँपालिकाको ज्यामिरेका रमेश कुमार तिम्सिनाको परिवारलाई गाउँपालिकाले नगद तथा भाडावर्तन प्रदान गरेका हुन् ।

    साउन ३२ गते राती करीव दुई बजे एक्कासी आगलागिबाट घर जलेर बिजोग बनेका अग्नि पिडित परिवारलाई शुक्रबार गाउँपालिकामा बोलाएर २० हजार नगद र मानिसलाई नभइ नहुने भाडावर्तन, कम्बल लगायत १३ थरीका विभिन्न सामग्रीहरु प्रदान गरिएको गाउँपालिकाले जानकारी दिएको छ । राहत रकम तथा सामग्री गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले रमेशका श्रीमती कृष्णमाया तिम्सिनालाई प्रदान गरेका हुन् ।

    आगलागिबाट गाँस, बाँस कपास नै टुटेका परिवारलाई राहतले ठूलो सहयोग पुगेको पिडित परिवारले जनाएको छ । आगलागिबाट मानवीय क्षति नभए पनि पशु चौपायामा क्षति पुगेको थियो ।
    २०७६ भदौ ६ गते दिउँसो ३ :०१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology