• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अग्नि पिडित शिशुलाई अमेरिकाबाट एक लाख १८ हजार सहयोग

अग्नि पिडित शिशुलाई अमेरिकाबाट एक लाख १८ हजार सहयोग


चिसाङ शेर्पा
  • बुधबार, भाद्र ४ २०७६

  • आगोले दुवै हात र निधार जलेको भाई देखाउदै प्रविनका दिदी । तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    अमेरिकामा वसोवास गरिरहेका नेपालीहरुबाट अग्नि पिडित शिशुका लागि आर्थिक सहयोग प्राप्त भएको छ । जिल्लाको केपिलासगढी गाउँपालिका–४ बाक्सिला लंखाका श्रीमान अशारमान राई र श्रीमती निर्मला राईको ५ महिने शिशु प्रबिन राईको उचित शिक्षादिक्षा तथा पालनपोषणका लागि आर्थिक सहयोग प्राप्त भएको हो ।

     

    अमेरिका वसोवास गर्दै आएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल मुढेका मिङमा शेर्पाको पहलमा ३० जनाबाट संकलित १ लाख १८ हजार ४ सय ५० रुपैयाँ सहयोग प्राप्त भएको किरात राई यायोक्खा खोटाङका उपाध्यक्ष सन्जय कुमार राईले जानकारी दिए । शेर्पा संघ अमेरिकाका उपाध्यक्ष समेत रहेका शेर्पाले यायोक्खा उपाध्यक्ष राईको अनुरोधमा अति नै महत्वपुर्ण मानवीय सहयोगमा ऐक्यबद्धता जनाउदै अमेरिकावासी नेपालीहरुसँग संकलन अभियान चलाएका थिए । यस्तै, मानवीय सेवामा आगामी दिनहरुमा पनि खुलेर सहयोग गरिने समायोजन खबरलाई शेर्पाले बताए ।

    आर्थिक संकलन अभियान्ता मिङमा शेर्पा ।

    १० साउनमा घरैमा दाजुको साथमा छोडेर आमाबुबा खेतबारीमा काम गर्न गएको बेला प्रबिन अगेनामा परेर गम्भिर घाईते भएका थिए । आगोले जलेको शिशुको कान्ती वाल अस्पताल काठमाण्डौमा निःशुल्क उपचार भइरहेको छ । घाईते बच्चाको निःशुल्क उपचारको व्यवस्था भएकाले संकलन भएको रकमले अक्षयकोष स्थापना गर्ने र सो को व्याजबाट आउने रकमले उनको शिक्षादिक्षाको प्रवन्ध मिलाइने यायोक्खाका उपाध्यक्ष राईले बताए ।
    २०७६ भदौ ४ गते बिहान ९ :२८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology