• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

लामिछानेसहित तीनै जनामाथि अनुसन्धानका लागि म्याद थप्न जिल्ला अदालत लगिँदै

लामिछानेसहित तीनै जनामाथि अनुसन्धानका लागि म्याद थप्न जिल्ला अदालत लगिँदै


समायोजन खबर
  • मंगलबार, भाद्र ३ २०७६

  • समायोजन खबर चितवन,
    पत्रकार रवि लामिछानेसहित तीन जनालाई हिरासत मै राखेर अनुसन्धान गर्ने म्याद थप गर्न मंगलबार जिल्ला अदालत लगिँदैछ । पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई म्याद थप गर्न मंगलबार अदालत लगिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए ।

    गएको बिहिबार काठमाण्डौबाट पक्राउ गरेर चितवन लगिएका उनीहरुलाई पाँच दिन हिरासतमा राखेर अनुसनधान गर्न अदालतले दिएको समय सोमबार सकिए पनि अनुसन्धान बाँकी नै रहेकाले म्याद थपको लागि मंगलबार जिल्ला अदालत लैजान लागिएको हो । पुडासैनीको पोष्टमार्टम रिपोर्ट आइसकेको र तीन जनाकै प्रारम्भिक चरणको बयान सकिएको जानकारी उहाँले दिनुभयो । पोष्टमर्टम रिपोर्टमा पत्रकार पुडासैनीकोे आत्महत्या कै कारण ज्यान गएको उल्लेख गरिएको छ ।

    पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा पत्रकार रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीका कारण आफू मर्न बाध्य भएको बताएकाले प्रहरीले तीनै जनालाई पक्राउ गरी घटनाबारे अनुसन्धान गरिरहेको छ ।
    २०७६ भदौ ३ गते बिहान ९ : ४३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology