समायोजन खबर भोजपुर,
बर्थिङ सेन्टरमा प्रसूति नगराबए बच्चाको जन्मदर्ता नहुने भएको छ । टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कमा रहेको पाँचधारे स्वास्थ्य चौकीमा सोमबार बर्थिङ सेन्टरको उद्घाटन भएसँगै यस्तो नियम सुरु गरिएको वडाध्यक्ष गणेशकुमार राईले जानकारी दिए । प्रसूति गराउन स्वास्थ्य संस्थामा अनिवार्य रुपमा जान बाध्य बनाउने उद्देश्यले यस्तो नियम लागू गराइएको अध्यक्ष राईको भनाइ छ । बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै गर्भवतीले घरमै प्रसूति हुनुपर्ने र प्रसूतिका लागि छिमेकी वडा कोट र गोगने धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । आफ्नै वडामा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि महिला खुशी भएका छन् ।
बर्थिङ सेन्टरको स्थापनाले घरमा प्रसूति गराउँदा आमा र शिशुको ज्यान जाने जोखिम पनि कम हुने स्वास्थ्य चौकीले जनाएको छ । उक्त सेन्टर वान हट वल्र्ड वाइड नामक संस्था र वडा कार्यालयको संयुक्त पहलमा सञ्चालनमा ल्याइएको हो । सेन्टर सञ्चालनका लागि वनहर्टले दुई लाख ५० हजार रुपैयाँ बराबरको सामग्री प्रदान गरेको छ भने वडा कार्यालयले तीन लाख ५० हजार रुपैयाँ खर्च गरेको छ । वडा कार्यालयले स्वास्थ्य संस्थाका पाँच कर्मचारीलाई कामको उच्च मूल्याङ्कन गर्दै प्रशंसापत्रसमेत वितरण गरेको छ ।
२०७६ भदौ ३ गते बिहान ८ :०७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology