• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कुटपिटको घोर भत्र्सना

कुटपिटको घोर भत्र्सना


समायोजन खबर
  • सोमबार, भाद्र २ २०७६

  • समायोजन खबर खोटाङ,
    खोटाङको केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका ३० वर्षीय महेश राईलाई हुलहुज्जत गरेर मरणासन्न हुनेगरी भएको कुटपिटको समाजवादी पार्टी केपिलासगढी गाउँपालिका समितिले घोर भर्सना गरेको छ । सप्तेश्वरका वडाध्यक्ष खगेन्द्र राई सहित चार जनाको समुहबाट शुक्रबार राती भएको कुटपिटको प्रेस विज्ञप्ती मार्फत घोर भत्र्सना गरेको हो ।

    राती ९ वजे बाटोमा हिडिरहंदा नेकपाबाट निर्वाचित वडाध्यक्ष तथा कार्यकर्ताले एक्लै पारी निर्घात रुपमा कुटपिट गरी गम्भीर घाईते बनाएकोप्रति समाजवादी पार्टीले घट्नाको भत्र्सना गरेको हो । कुटपिटबाट गम्भीर घाईते भएका केपिलसागढी गाउँपालिका समाजवादी पार्टीको युवा संगठन अध्यक्ष रहेका राईलाई आईतबार १ लाख ८० हजारमा हेलीकोप्टर चार्टर गरेर केएमसि अस्पताल काठ्माण्डौं पु¥याएर आईसियुमा उपचार भईरहेको छ । उपचारमा हुंदा समेत डर, धम्की दिइरहेकाले पिडितलाई न्याय र पीडकलाई कानुन वमोजिम कारवाही हुनुपर्ने अध्यक्ष गुरुराज राईद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ । अन्यथा समाजवादी पार्टी अन्यायको विरुद्धमा जस्तोसुकै कदम चाल्न बाध्य हुने बताइएको छ ।


    कुटपिटका क्रममा महेशको टाउको, छाती लगायत शरीरका विभिन्न भागमा चोट तथा निलडाम लागेको आफन्तले बताएका छन् । वडा कार्यालयको भवन निर्माणका लागि उपभोक्ता समिति गठनका विषयलाई लिएर उनीहरुबीचमा झगडा भएको श्रोतले बताएको छ । शुक्रबार दिउँसो बोलाइएको बैठकमा वडाध्यक्षले पुरानै उपभोक्ता समितिलाई कायम गरेर भवन निर्माणको काम अघि बढाइनुपर्ने अडान लिइरहेको अवस्थामा घाईते राई लगायतको समुहले नयाँ समिति बनाउनुपर्ने प्रस्ताव गर्दा विवाद भएको थियो ।
    हुलहुज्जत गरेर राईलाई आक्रमण गरेको ठाडो उजुरी परेपछि अनुसन्धानका लागि वडाध्यक्ष सहित चार जनालाई जिल्ला प्रहरी कार्यालयमा झिकाइएको प्रहरी नायब उपरिक्षक बामदेव गौतमले बताए । अहिले घट्नाको विषयमा अनुसन्धान भइरहेको छ ।
    २०७६ भदौ २ गते साँझ ७ : ४३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology