• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सरकार भन्दा बलियो भो भ्रष्टाचारी : सांसद उषाकला राई

सरकार भन्दा बलियो भो भ्रष्टाचारी : सांसद उषाकला राई


समायोजन खबर
  • सोमबार, भाद्र २ २०७६

  • समायोजन खबर खोटाङ,
    खोटाङका प्रदेशसभा सांसद उषाकला राईले मुलुकमा सरकार भन्दा बलियो भ्रष्टाचार र भ्रष्टाचारी भएको टिप्पणी गरेकी छन् । आईतबार प्रदेशसभाको बैठकमा विशेष समय लिएर प्रदेशसभा सदस्य राईले भ्रष्टाचारको अन्त्य गर्ने सरकारको प्रयत्नका वावजुद पनि सरकारभन्दा भ्रष्टाचारी बलियो बनेको भन्दै प्रश्न उठाएकी हुन् । ‘सरकारले भ्रष्टाचार अन्त्य गर्ने प्रयत्न गरिरहेको छ, सरकारले विभेद अन्त्य गर्ने प्रयत्न गरिरहेको छ,’ सत्तारुढ दलकी सांसद राईले भनिन्, ‘तर पनि यहाँ किन सरकारभन्दा बलियो भ्रष्टाचार र भ्रष्टाचारीहरु बनिरहेका छन् ? किन बारम्बार विभेद बल्झिेन गर्छ, बारम्बार किन हिंसाले मान्छेलाई डसेर सिध्याउने गर्छ ?’


    प्रदेशसभा सदस्य राईले नेपाली जनता र शहीदको रगतले लेखिएको नेपालको संविधान २०७२ को अक्षरस पालना नहुँदा भ्रष्टाचार, विभेद र हिंसाले प्रश्रय पाएको बताएकी छन् । उनले संविधानमा स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रि«य एकता, स्वाधिनता, स्वाभिमानलाई अक्षुण्ण राख्ने, विभेदको अन्त्य गर्ने कुरा उल्लेख गरिए पनि सरकार तथा प्रतिपक्षी दलले संविधानको कार्यान्वयनमा उदासिनता देखाएको उल्लेख गरिन् । ‘संविधानमा लेखिएको अक्षर कालो मसीको थोपा मात्र होईन । शहीद, नेपाली जनताको त्याग, तपस्या र रगतले लेखिएको अक्षर हुन् । तर यी विषयबाट हामी कतातिर जाँदैछाँै भन्ने प्रश्न उठिरहेको छ । यो सरकारप्रतिको मात्र प्रश्न होईन । प्रतिपक्षी पनि जिम्मेवार हुनु पर्छ ।’

    प्रदेशसभा सांसद राईले वर्तमान सरकारले सामाजिक विभेद अन्त्या गर्ने कुरा गरिरहे पनि महिलामाथिको हिंसा, बलात्कार तथा दलितमाथिको छुवाछुत दोहोरिरहेको बताईन् । ‘हामी बोल्छौँ, प्रतिवद्धता गर्छौँ । तर कार्यान्वयनमा कहाँ चुकिरहेका छौँ,’ राईले भनिन्, ‘आमुल परिवर्तनका लागि यत्रो संघर्ष र क्रान्ती भएको हो, तर त्यी क्रान्तीका विषयहरु, दुःख र कष्टका आवाजलाई विर्सिदै गएकोमा ध्यानाकर्षण गराउन चाहन्छु ।’
    २०७६ भदौ २ गते बिहान ९ :०२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology