चिसाङ शेर्पा खोटाङ,
खोटाङमा जवरजस्ती करणी मुद्दाका अभियुक्त पक्राउ परेका छन् । जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका २० वर्षीय उपेन्द्र राई पक्राउ परेका हुन् ।

गएको मंगलबार राती साढे १० वजे सोही ठाउँ वस्ने एक किशोरीलाई पन्चकन्या प्राथमिक विधालयको प्राङगणमा भेट गर्न बोलाएर जवरजस्ती करणी गरी अचेत अवस्थामा पारी छोडिएको र पिडित पक्षबाट कानुन बमोजिम कार्वाहीको जाहेरीको आधारमा निजलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक अमोद कुमार खेरवारले जानकारी दिए । पक्राउ परेका राई माथि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
२०७६ साउन ३१ गते साँझ ६ : १८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology