भालुको आक्रमणबाट सोलुखुम्बुमा महिला गम्भीर

समायोजन खबर सोलुखुम्बु,
सोलुखुम्बुमा भालुको आक्रमणबाट एकजना महिला सख्त गम्भीर घाईते भएकी छन् । भालुको आक्रमणबाट सोलु दूधकुण्ड नगरपालिका–३ लोदिङका ३५ वर्षीया माया शेर्पा घाइते भएका हुन् । शुक्रबार राति ८ बजतिर मकैबारीमा शेर्पालाई भालुले आक्रमण गरेको वडा सदस्य ल्हाक्पा गेलु शेर्पाले जानकारी दिए ।

राति नै जिल्ला अस्पताल फाप्लु ल्याइए पनि उपचार सम्भव नभएपछि मिसन अस्पताल ओखलढुगां रेफर गरिएको उपचारमा सलंग्न डाक्टर कमला सञ्जेलले बताईन। शुक्रबार राति नै मिसन अस्पताल र्पुयाएको घाइते शेर्पाको अहिले अप्रेशन भैरहेको छ । भालुले बारीमै आएर मकै खान थालेपछि स्थानीयले बारीमा डेरा निर्माण गरी भालु धपाउँदै आएका थिए । शेर्पालाई डेरामै भालुले आक्रमण गरेको हो । मकै पाक्ने सिजन सुरु भएसँगै सोलुखुम्बुमा बर्षेनी भालुले मानिसलाई आक्रमण गर्ने गरेको छ ।
२०७६ साउन २५ गते बिहान ८ :०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

जालपामा ग्रामिण आँखा उपचार क्लिनिक स्थापना

समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जनसेवा...

दिक्तेल बोर्डिङ स्कुल च्याम्पियन

समायोजन खबर खोटाङ, तेश्रो जिल्ला स्तरिय अन्तर विद्यालय छात्र...

विधार्थीले कृषि उपज बेचेपछि…

चिसाङ शेर्पा खोटाङ, लफ्याङका विधार्थीहरुले आफैले उत्पादन गरेको कृषिउपज...

गौरिका सिंहले जितिन् अर्को स्वर्ण

समायोजन खबर काठमाडौं, नेपाली पौडी खेलाडी गौरिका सिंहले अर्को...

सुनको मूल्यमा लगातार गिरावट

समायोजन खबर काठमाडौं, पछिल्लो तीन दिनयता नेपाली बजारमा सुनको...

मुख्य समाचार

जालपामा ग्रामिण आँखा उपचार क्लिनिक स्थापना

समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जनसेवा...

दिक्तेल बोर्डिङ स्कुल च्याम्पियन

समायोजन खबर खोटाङ, तेश्रो जिल्ला स्तरिय अन्तर विद्यालय छात्र...

विधार्थीले कृषि उपज बेचेपछि…

चिसाङ शेर्पा खोटाङ, लफ्याङका विधार्थीहरुले आफैले उत्पादन गरेको कृषिउपज...

गौरिका सिंहले जितिन् अर्को स्वर्ण

समायोजन खबर काठमाडौं, नेपाली पौडी खेलाडी गौरिका सिंहले अर्को...

गुल्मीमा १० वर्षीया वालिका बलात्कृत

समायोजन खबर गुल्मी, गुल्मीमा स्कुल हिडेकी वालिकालाई वलात्कर...