समायोजन खबर धनुषा,
धनुषाको नगराइन नगरपालिकाका एक सब–इन्जिनियर ५५ हजार रुपैयाँ घुससहित जनकपुरबाट पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले नगराइन नगरपालिकाका सब–इन्जिनियर उमेश मण्डललाई शुक्रबार साँझ ६ बजे ५५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

मण्डलले काम सम्पन्न भएको योजनाको भुक्तानी गराई दिने भन्दै जनकपुर अञ्चल अस्पताल अगाडि एक सेवाग्राहीसँग घुस लिइरहेको बेला पक्राउ गरेको आयोगले जनाएको छ । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
२०७६ साउन २४ गते राती ८ :३८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology