पहिरोमा श्रीमती र दुवै छोरा गुमाएकालाई आर्थिक सहयोग

चिसाङ शेर्पा खोटाङ,
पहिरोका कारण श्रीमती सहित दुई छोरा गुमाएका खोटाङ वाप्लुखाका विष्णु कुमार राईलाई आर्थिक सहयोग गरिएको छ । २७ असारमा अविरल वर्षासँगै आएको पहिरोले सर्वस्व गुमाएका खोटेहाङ गाउँपालिका–२ वाप्लुखा गोपिनी बाघपच्याङ्का राईलाई महेन्द्रनगर सुनसरी सेवा समाज कतारले ४० हजार आर्थिक सहयोग गरेका हुन् ।


संस्थाका सल्लाहाकार तथा पिडित परिवारका छिमेकी युवराज तामाङको पहलमा कतारमा संकलन भएको रकम पिडितले पाउने गरी पठाइएको र बिहीबार गाउँपालिकाको कार्यालय खोटाङबजारमा एक कार्यक्रम गरी पिडितलाई प्रदान गरिएको महेन्द्रनगर सुनसरी सेवा समाज कतारका प्रथम उपाध्यक्ष प्रदिप कुमार राईले जानकारी दिए । रकम गाउँपालिका उपाध्यक्ष कविता राईले हस्तान्तरण गरेकी हुन् ।

 

पहिरोबाट विस्थापित भएका राई हाल आमाको घरमा वसोवास गर्दै आएका छन् । बाहिरी चोट नदेखिए पनि राईको एकवटा खुट्टामा असर पुगेको छ । पहिरोमा परेका श्रीमती र छोरालाई बचाउने प्रयासमा खुट्टामा असर पुगेको बताइएको छ । पानी पर्दा घरैमा बसिरहेका बेला करिब तीन/चार सय मिटर माथिबाट झरको पहिरोले घर पुर्दा राईका श्रीमती २५ वर्षीय रेखा राई, ४ वर्षीय छोरा रोमन राई र ७ महिने शिशु रोजन राईको ज्यान गएको थियो । पहिरोले घरसहित पुरेर ज्यान गुमाएका आमाछोराको किरिया खर्च स्वरुप गाउँपालिकाले १० हजार सहयोग गरेको थियो । परिवारबाट एक्लिएका राईको पुर्नवासको व्यवस्थापनमा सहयोग गरिने गाउँपालिका उपाध्यक्ष राईले बताईन् ।
२०७६ साउन २४ गते बिहान १० :४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

गौरिका सिंहले जितिन् अर्को स्वर्ण

समायोजन खबर काठमाडौं, नेपाली पौडी खेलाडी गौरिका सिंहले अर्को...

सुनको मूल्यमा लगातार गिरावट

समायोजन खबर काठमाडौं, पछिल्लो तीन दिनयता नेपाली बजारमा सुनको...

अटो दुर्घट्ना,एकको मृत्यु

समायोजन खबर खोटाङ खोटाङमा अटो दुर्घट्ना हुँदा एकजनाको ज्यान...

एकलौटी ढंगले बजेट वितरण गरेको भन्दै कांग्रेस सांसदको आपत्ती

चिसाङ शेर्पा खोटाङ, स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमको बजेट...

स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रम : ३० योजनामा बजेट (विवरणसहित)

समायोजन खबर खोटाङ, स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमको योजना...

मुख्य समाचार

गौरिका सिंहले जितिन् अर्को स्वर्ण

समायोजन खबर काठमाडौं, नेपाली पौडी खेलाडी गौरिका सिंहले अर्को...

गुल्मीमा १० वर्षीया वालिका बलात्कृत

समायोजन खबर गुल्मी, गुल्मीमा स्कुल हिडेकी वालिकालाई वलात्कर...

सुनको मूल्यमा लगातार गिरावट

समायोजन खबर काठमाडौं, पछिल्लो तीन दिनयता नेपाली बजारमा सुनको...

अटो दुर्घट्ना,एकको मृत्यु

समायोजन खबर खोटाङ खोटाङमा अटो दुर्घट्ना हुँदा एकजनाको ज्यान...

महोत्तरीमा लोडेड पेस्तोल सहित एक थान म्यागजिन बरामद

समायोजन खबर महोत्तरी, महोत्तरीमा एक थान लोडेड पेस्तोल...