• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भोजपुरमा बहुविवाह गर्ने दुई जोडी पक्राउ

भोजपुरमा बहुविवाह गर्ने दुई जोडी पक्राउ


समायोजन खबर
  • बिहिबार, साउन २३ २०७६

  • साँकेतिक तस्विर

    समायोजन खबर भोजपुर,
    भोजपुरमा बहुविहाह गर्ने दुई जोडीलाई पक्राउ गरिएको छ । अरुण गाउँपालिका वडा नम्बर–४ चरम्बीका २६ वर्षीय टंक विक र कान्छी श्रीमतीे १९ वर्षीय बसन्ती विकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले बताए ।


    टंककी जेठी श्रीमती अमृता विकको जाहेरीपछि झापाबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यस्तै, बहुविवाह गर्ने रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्ज्याङका ३३ वर्षीय खगेन्द्र विक र कान्छी श्रीमती २६ वर्षीय हिमा राईलाई पनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर पाण्डवकुमार राजवंशीले बताए ।

    प्रहरीले उनीहरुलाई जेठी श्रीमती मीना बराइली रसाइलीको जाहेरीका आधारमा घरबाटै पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुविरुद्ध जिल्ला अदालत भोजपुरबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
    २०७६ साउन २३ गते मध्यान्ह १२ :०६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology