• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मनसुनी गतिविधि कमजोर

मनसुनी गतिविधि कमजोर

केही भूभागमा वर्षाको सम्भावना


समायोजन खबर
  • बिहिबार, साउन १६ २०७६

  • साँकेतिक तस्विर ।

    समायोजन खबर काठमाण्डौ,
    मनसुनी न्यूनचापीय रेखा (मनसुनी वर्षा गराउने प्रणाली) नेपालबाट दक्षिणतिर सरेकाले केही दिनदेखि मनसुनी गतिविधि कमजोर भइरहेको छ । बिहीबार पनि देशभरको मौसम सामान्य बदलीको अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
    मनसुनी गतिविधि कमजोर भएका कारण ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविदहरुले बताएका छन् । स्थानीय वायुको प्रभावका कारण केही भूभागमा सामान्य वर्षा हुने महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।


    अबको केही दिनमा मनसुनी गतिविधि सक्रिय हुने मौसमविद्हरुले पूर्वानुमान गरेको छन् । अहिले दक्षिणतिर सरिरहेको मनसुनी न्यूनचापीय रेखा अबको २/३ दिनमा पूर्व्तिर सर्ने सम्भावना भएकाले मनसुनी गतिविधि बढ्ने महाशाखाले जनाएको हो । मनसुनी गतिविधि कमजोर बन्दा केही दिनदेखि देशका अधिकांश भूभागको तापक्रम बढ्दै गइरहेको छ ।
    २०७६ साउन १६ गते बिहान ८ :२६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology