Samayojan khabar

Advertisment

SKIP THIS

स्तनपानः आमा र शिशु दुवैलाई फाइदा

समायोजन खबर काठमाण्डौ,
शिशुलाई जन्मेको दुई वर्षसम्म आमाको दूध ख्वाउन सल्लाह दिने डा. लक्ष्मी लामिछाने (नाम परिवर्तन)ले आफ्नो शिशुलाई भने जन्मेको दुई महिनासम्म मात्र स्तनपान गराइन् ।  पढाइ सकेर भर्खर मात्र काम थालेकी लामिछानेले आफू चिकित्सक भएका कारण शिशुलाई स्तनपान गराउन समस्या भएको बताउँछिन् । अस्पतालमा कहिले राति त कहिले ४८ घण्टासम्म काम गर्नुपर्ने भएकाले सुरुको दुई महिना मात्र स्तनपान गराएको र पछि नखुवाउने निधो गरेको उनले बताइन् ।


चिकित्सक लामिछाने भन्छिन्,““सबैलाई कम्तीमा पनि दुई वर्षसम्म स्तनपान गराउनुपर्छ भनेर सल्लाह दिएँ तर आफँैले खुवाउन नपाउँदा धेरै पीडा भयो ।” शिशुलाई स्तनपान गर्न नदिएपछि दूध गानिएर स्तनको शल्यक्रियासमेत गर्नु परेको नमीठो अनुभव उनको छ ।
महिलाले बाध्यताले स्तनपान गराउन नपाएका यस्ता उदाहरण धेरै छन् । स्तनपानमैत्री कार्यालय नहुनु, फेसनमा बोतलबाट दूधपान (बोतल फिडिङ) गराउनु तथा उचित परामर्शको अभावमा आमाहरूले स्तनपान कम गराउने गरेको उनको अनुभव छ ।

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा. आरपी विच्छाले विगत १० वर्षको तुलनामा हाल स्तनपान गराउनको सङ्ख्या दिनप्रतिदिन घटिरहेको जानकारी दिइन् ।  उनका अनुसार स्तनपानबारे दुईवटा कुरा थाहा पाउनैपर्छ । पहिलो, जन्मेको एक घण्टाभित्र स्तनपान गराइसक्नुपर्छ भने दोस्रो, छ महिनासम्म दूध मात्र खुवाउनुपर्छ । तर दुर्भाग्यवश यो दुवै घट्दो अवस्थामा छ । यो समाचार आजको गोरखापत्र दैनिकमा यलु जोशीले लेखेकी छिन्
२०७६ साउन १६ गते बिहान ८ :०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

शिक्षक/शिक्षिकाका लागि हस्तलेखन कार्यशाला

समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका शिक्षकलाई...

युएईमा उधौली मनाईयो

समायोजन खबर युएई युएईको अबुधाबी शहरमा किराँती समुदायहरुले उधौली...

माछा मार्न थापेकाे जालमा शिशुको शव फेला परेपछि… अनलाईन लोगो

समायोजन खबर सप्तरी, सप्तरीको रुपनी गाउँपालिका गाउँपालिका–३ हर्दियास्थित पोखरीमा...

जीप दुर्घट्नामा एकको मृत्यु, चालक गम्भीर घाईते

चिसाङ शेर्पा खोटाङ खोटाङमा बोलेरो जीप दुर्घट्ना हुँदा एकजनाको...

विद्यालयको स्वर्ण जयन्तीमा ५० वत्ती बालिए

समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकास्थित जालपा...

मुख्य समाचार

शिक्षक/शिक्षिकाका लागि हस्तलेखन कार्यशाला

समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका शिक्षकलाई...

सिन्धुपाल्चोकमा बस दुर्घटना,१२ जनाको मृत्यु

समायोजन खबर काठमाडौं, सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै गरेको बस खाडिचौर–जिरी...

मौसमविद भन्छन्, अझै वर्षा र हिमपातको संम्भावना

समायोजन खबर काठमाण्डौ, मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसमको पूर्वानुमानबारे...

युएईमा उधौली मनाईयो

समायोजन खबर युएई युएईको अबुधाबी शहरमा किराँती समुदायहरुले उधौली...

भ्रमण वर्ष सफल बनाउनमा लाग्यो हलेसी तुवाचुङ नगरपालिका

चिसाङ शेर्पा खोटाङ, सरकारले घोषणा गरेको भिजिट नेपाल २०२०...