चिसाङ शेर्पा खोटाङ,
नेपाली कांग्रेसको भातृ संस्था नेपाल विधार्थी संघ खोटाङले साउन १५ को अवसरमा विधार्थीहरुलाई खीर खुवाएका छन् । नेविसंघको वन्दोवस्तमा गत साउन १ गतेबाट दिक्तेलमा एसईई ग्रेड सुधारका लागि निःशुल्क ट्युसन अध्ययन गरिरहेका साढे तीन सय विधार्थीहरुलाई खीर खाने दिनको अवसरमा खीर खुवाएको हो ।

भविष्यको खोजीमा लागेका कर्णधार विधार्थीहरु घर परिवार छोडेर सदरमुकाम आई एसईईको ट्युसन पढिरहेका र परिवारबाट टाढा भए पनि एक्लोपनाको आभाष हुन नदिनका लागि सवैलाई एकै ठाउँमा राखेर सामूहिक रुपमा खीर खुवाईएको नेपाल विधार्थी संघ खोटाङका सभापति राजकुमार बस्नेतले बताए । खीर खाने कार्यक्रममा विधार्थीहरुले कविता, गजल, गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
चामल, दूध, नरिवल, छोकडा, मरिच चिनी लगायतका अन्य चिजहरु हालेर खीर बनाइन्छ । आजको दिनमा कृषकहरुले वर्षाको झरीमा भिजेका शरीरलाई निरोगी बनाउन तथा उर्जामय राख्न खीर खाने गर्छन् । साउनमा खीर खानुकोे वैज्ञानिक महत्व पनि रहेको छ । गर्मीको समयमा शरीरमा दाद, खटिरा, र लुतोजस्ता रोगले आक्रमण गर्ने हुनाले रोग प्रतिरोधात्मक शक्ति बढाउनका लागि खीर खानु उपयुक्त मानिन्छ ।
२०७६ साउन १५ गते राती ९ :२१ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology