Samayojan khabar

Advertisment

SKIP THIS

मनोज-झपेन्द्र स्मृति दिवस : व्याडमिन्टन र चेसका विजेतालाई पुरस्कार

मनोज-झपेन्द्र स्मृति दिवस : व्याडमिन्टन र चेसका विजेतालाई पुरस्कार




समायोजन खबर खोटाङ,
शहीद मनोज जोशी–झपेन्द्र कार्कीको २८ औं स्मृति दिवसको अवशरमा खोटाङमा अयोजना गरिएको खेलकुद लगायतका प्रतियोगीताका बिजेतालाई पुरस्कार प्रदान गरिएको छ । कर्मचारीको आन्दोलन दमनकाक्रममा प्रहरीको गोली लागेर २८ वर्षअघि ज्यान गुमाएका जोशी र कर्मचारी आन्दोलनकाक्रममा भएको आगजनीमा ज्यान गुमाएका कार्कीको स्मृति दिवसमा दिक्तेलमा सञ्चालन गरिएको खुला व्याटमिन्टन, चेस लगायतका प्रतियोगीताका विजेतालाई मनोज–झपेन्द्र स्मृति दिवसको दिन पुरस्कार प्रदान गरिएको हो ।

आयोजकका अनुशार पुरुष डवल व्याडमिन्टन भेट्रानतर्फ प्र्रथम स्थान प्राप्त रतन्छाका हरिकुमार राई र प्रकाश राई, दोश्रो स्थान प्राप्त दिक्तेलका सुमन श्रेष्ठ र विजयश्वर श्रेष्ठ तथा तेश्रो स्थान प्राप्त रतन्छाका दिपेन्द्र राई र सञ्जिव राईलाई क्रमशः ६ हजार, ४ हजार र ३ हजारका साथमा प्रमाण–पत्र प्रदान गरिएको छ ।


यस्तै, पुरुष एकलतर्फ प्रथम स्थान प्राप्त दिक्तेलका एलिस दंगाल, दोश्रो स्थान प्राप्त मिलन बस्नेत र तेश्रो स्थान प्राप्त जालपाका विजय राई तथा महिला एकलतर्फ प्रथम भएकी दिक्तेलकी रेनुका राई, दोश्रो स्थान प्राप्त गरेकी कल्पना राई र तेश्रो स्थान प्राप्त जालपाकी जुनकला राईलाई क्रमशः ३ हजार, २ हजार र १ हजारका साथमा प्रमाण–पत्र प्रदान गरिएको छ । चेस प्रतियोगीतामा प्रथम स्थान प्राप्त गरेका मिनकुमार दाहाल, दोश्रो स्थान प्राप्त सुर्य तामाङ र तेश्रो स्थान प्राप्त कल्पना राईलाई क्रमशः २ हजार, १ हजार ५ सय र १ हजारकासाथमा प्रमाण–पत्र प्रदान गरिएको आयोजक मनोज स्मृति प्रतिष्ठान खोटाङका अध्यक्ष कुमार आचार्यले बताए । जिल्ला समन्वय समितिको समिक्षालय हलमा आयोजित कार्यक्रममा विजेता खेलाडीलाई प्रदेशसभा सांसद राजन राई लगायतले पुरस्कार प्रदान गरेका थिए । मनोज स्मृति प्रतिष्ठान, नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले खुला व्याडमिन्टन तथा चेस प्रतियोगीता आयोजना गरेको हो ।

 

दिवसकै अवशरमा आयोजित कविता प्रतियोगीतामा प्रथम स्थान प्राप्त प्यासी अमर श्रेष्ठ, दोश्रो स्थान प्राप्त विष्णु उपरकोटी र तेश्रो स्थान प्राप्त तेजकुमारी पराजुली तथा गजल प्रतियोगीतातर्फ प्रथम बनेका विष्णु उपरकोटी, दोश्रो स्थान प्राप्त घनश्याम ढकाल र तेश्रो स्थान प्राप्त प्यासी अमर श्रेष्ठलाई क्रमशः २ हजार, १ हजार ५ सय र १ हजारका साथमा प्रमाण–पत्र प्रदान गरिएको छ । हाजिरीजवाफ प्रतियोगीताका प्रथम जिल्ला समन्वय समिति, दोश्रो स्थान प्राप्त दिक्तेल बहुमुखी क्याम्पस र तेश्रो स्थान प्राप्त मालपोत कार्यालयलाई क्रमशः ३ हजार, २ हजार ४ सय र १ हजार ८ सय प्रदान गरिएको छ । कार्यक्रमको अवशरमा साईनो कला केन्द्र र खोटाङ डान्स क्रयुलाई पनि १०/१० हजार प्रदान गरिएको छ ।

जिल्लामा शहिद मनोज मार्ग सरसफाई, बिरामीलाई फलफुल वितरण, प्रतियोगीतात्मक लगायतका कार्यक्रम गर्दै साउन ५ गतेदेखि मनाउन सुरु गरिएको मनोज–झपेन्द्र स्मृति दिवस मनोजको समाधिस्थलस्थित शालिकमा माल्यार्पण, श्रद्धाञ्जलीसभा एबं पुरस्कार वितरण गर्दै बुधबार समापन गरिएको छ ।  २०४८ साल साउन १५ गते बुधबार नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध कर्मचारीले दिक्तेलमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बनेकाबेला प्रहरीको गोली लाग्दा ज्यान गुमाएका जोशी र कर्मचारी आन्दोलनकैक्रममा आगजनीमा ज्यान गुमाएका कास्कीका वारुणयन्त्र चालक कार्कीको स्मृतिमा हरेक वर्ष ‘मनोज–झपेन्द्र’ स्मृति दिवस मनाउने गरिएको छ । जोशीलाई सरकारले २०७४ साल माघ २२ गते शहीद घोषणा गरेको थियो ।
२०७६ साउन १५ गते राती ८ :४४ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology