पाकिस्तानमा सेनाको विमान दुर्घटना, १५ जनाको मृत्यु

समायोजन खबर काठमाण्डौ,
पाकिस्तानको रावलपिण्डीमा सैन्य विमान दुर्घटना हुँदा १० जना सर्वसाधारणसहित कम्तीमा १५ जनाको ज्यान गएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् ।
रावलपिण्डीको आवासीय क्षेत्रमा विमान दुर्घटना हुँदा चालक दलका ५ जना र १० जना सर्वसाधरणको ज्यान गएको बीबीसीले जनाएको छ । तालिमको क्रममा रहेको सेनाको सानो विमान दुर्घटना हुँदा केही घरमा पनि क्षती पुगेको छ । दुर्घटनाको कारण भने नखुलेको र अहिले उद्धारको काम भैरहेको खबरमा उल्लेख छ ।
२०७६ साउन १४ गते बिहान ९ :१८ मा प्रकाशित