• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भोजपुरमा पहिरोबाट ज्यान गुमाउनेका परिवारलाई राहत वितरण

भोजपुरमा पहिरोबाट ज्यान गुमाउनेका परिवारलाई राहत वितरण


समायोजन खबर
  • शनिबार, साउन ११ २०७६

  • समायोजन खबर भोजपुर,
    पहिरोबाट ज्यान गुमाएकाहरुका परिवारलाई जिल्ला समन्वय समिति भोजपुरले शनिबार राहत वितरण गरेको छ । समन्वय समिति प्रमुख, उप–प्रमुख तथा सदस्यहरुले आफ्नो १५ दिनको सेवा सुविधाबाट कटाएर मृतकका परिवारलाई राहत वितरण गरेको हो । समन्वय समितिले संकलन गरेको ७७ हजार ९ सय ४० रुपैंया प्रति मृतकका परिवारलाई १५ हजार ५ सय ८८ रुपैंयाका दरले वितरण गरेको जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण खड्काले बताए ।


    सेवा सुविधाबापत समन्वय समिति प्रमुखबाट १७ हजार, उप–प्रमुखबाट १२ हजार ५ सय र प्रति सदस्य ६ हजार ९ सय २० रुपैयाँका दरले संकलन गरेर पाँच जना मृतकका परिवारलाई राहत रकम वितरण गरिएको खड्काले जानकारी दिए । गएको असार २८ गते पहिरोमा परेर टेम्केमैयुङ गाउँपालिका(९ का १४ वर्षीय जनक विक, रामप्रसाद राई गाउँपालिका(७, बासीखोराका जगतबहादुर राई र रामप्रसाद राई गाउँँपालिका(५, मानेभञ्ज्याङकी ३५ वर्षीया मन कुमारी राई, १७ वर्षीय शिव कुमार राई र १५ वर्षीय शक्ति कुमार राईको ज्यान गएको थियो ।
    २०७६ साउन ११ गते राती ९ :०१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology