Samayojan khabar

Advertisment

SKIP THIS

निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै प्रम र गृहमन्त्रीको पुत्ला दहन

निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै प्रम र गृहमन्त्रीको पुत्ला दहन




चिसाङ शेर्पा खोटाङ,
कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको वर्षदिन पुग्दा पनि सरकारले हत्यारा पत्ता लगाउन नसकेको भन्दै नेपाल विधार्थी संघ खोटाङले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री राम बहादुर थापा बादलको पुत्ला दहन गरेका छन् ।


२०७५ साल साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी कञ्चनपुरकी १३ वर्षीया बालिका पन्तको बलात्कारपछि हत्या भएको एक वर्षसम्म बलात्कारी, अपराधी र दोषीलाई संरक्षण गरेको भन्दै शुक्रबार साँझ प्रधानमन्त्री र गृहमन्त्रीको दिक्तेलमा पुत्ला दहन गरेका हुन् । पुत्ला दहन पश्चात नेविसंघले ‘निर्मलालाई न्याय दे, गृहमन्त्री राजीनामा दे’ भन्दै सरकारको चर्को नाराबाजी गरेका थिए ।


नेपाली कांग्रेसको पार्टी कार्यालय वीपी स्मृती भवनबाट जुलुस निकालेर पुत्ला दहन गरेपछि विधार्थी नेताहहरुले सरकारको कडा आलोचना गरेका थिए । विधार्थी नेताहरुले दिक्तेलबजारको बेसक्याममा पुगेर कोणसभा गरेको थियो । निर्मलाको बलात्कारी र हत्यारालाई कारवाहीको माग गर्दै प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन गरिएको नेपाल विधार्थी संघ खोटाङका सभापति राजकुमार बस्नेतले बताए । हामीले आन्दोलन गर्दै गर्दा सरकारले दोषीलाई कारवाही गर्नु सट्टा आफन्तहरु, आसेपासेहरु र आफ्नो मान्छेलाई संरक्षण गर्दै आएको छ, प्रहरी प्रशासनले संरक्षण गर्दै आएको छ । सभापति बस्नेतले भने, “यसैको विरोधमा हामीले पुत्ला दहन गरेका हौ ।” निर्मलाको हत्यारालाई पत्ता लगाएर कारबाहीको दायरामा नल्याए थप आन्दोलन गर्ने नेबिसंघले जनाएको छ ।


२०७६ साउन १० गते साँझ ७ :३० मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology