• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सडक बन्द गराउदा पक्राउ परेका वडाध्यक्ष छुटे

सडक बन्द गराउदा पक्राउ परेका वडाध्यक्ष छुटे


चिसाङ शेर्पा
  • बुधबार, साउन ८ २०७६

  • चिसाङ शेर्पा खोटाङ,
    सडक बन्द गराउने क्रममा पक्राउ परेका हलेसी तुवाचुङ नगरपालिकाका तीनजना जनप्रतिनिधि सहित ६ जना छुटेका छन् । चौथो नगरसभाप्रति असन्तुष्टी जनाउँदै सोही नगरपालिकाको महादेवस्थानस्थित दिक्तेल–हलेसी सडकमा चक्का जाम गराएर सडक बन्द गराउने दुई जना वडाध्यक्ष, एक जना वडा सदस्य र अन्य तीन जना छुटेका हुन् ।


    छुट्नेमा नेकपाबाट निर्वाचित हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका वडाध्यक्ष रमेश तिवारी, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाध्यक्ष चइन्द्र राई, महादेवस्थानकै वडा सदस्य निरजमानसिं बस्नेत, नेकपा नगर कमिटिका कार्यालय सदस्य प्रमोद श्रेष्ठ, नगर कमिटिकै सचिवालय सदस्य सर्वधन बस्नेत र महादेवस्थान वडा कमिटि सचिव धनकुमार भुजेल छन् । कांग्रेसको बहुमत रहेको उक्त नगरपालिकामा चार वडाध्यक्षको मागलाई बेवास्ता गर्दै एकलौटीढंगले चौथो नगरसभा गरिएको विरोधमा नेकपा नगर कमिटिले एक घण्टाका लागि बिहान ६ बजेदेखि चक्का जाम गरेको थियो । नगरपालिकाभीत्रको समस्या सडकमा उतारेर सडकमा अवरोध गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको थियो । आन्दोलनको कार्यक्रमसम्म होल्ड गरेर राखिएको र कार्यक्रम सकिएँगै आफन्तको जिम्मा लगाई छोडिएको प्रहरी नायब उपरिक्षक बामदेव गौतमले बताए ।

     

    नेकपाबाट निर्वाचित चार वडाध्यक्षले आर्थिक वर्ष २०७४/०७५ को लेखा परिक्षण प्रतिबेदन सार्वजनिक गर्न, आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रगती समिक्षा गर्न, एकमुष्टमा बजेट विनियोजन गर्ने परिपार्टी अन्त्य गर्न लगायतका माग राखे पनि बेवास्ता गरिएको विरोधमा नेकपाले मंगलबार नगरको कार्यालयमा धर्ना दिएका थिए । महालेखा परिक्षणको आर्थिक प्रतिवेदन फागुनमा नगरपालिकाको कार्यपालिकामा दुई दिन छलफल भई प्रतिवेदन बनाउन लेखा समितिलाई जिम्मा दिइसकेको र साउन मसान्तसम्म वार्षिक प्रगती समिक्षा गर्ने कार्यपालिकाको बैठकले सर्वसम्मत निर्णय गरिसकेको नगर प्रमुख इवन राईले बताए । नगरसभामा लगेको बजेट कार्यपालिकाले सर्वसम्मत ढंगले निर्णय गरेकै छ । उज्यालो वडा घोषणका लागि गतवर्षको एक करोड यसवर्ष तीन करोडमा गरी चार करोड बजेट छ्ट्याएका छौ । १,२,३ र ४ नम्बर वडालाई उज्यालो वडा घोषणा गर्न । नगरप्रमुख राईले भने, “तर, त्यहाँ चाँहि लोकप्रिय कार्यक्रम लिएर जाने भो, अध्याँरोमा बसेका मान्छेहरु उज्यालोमा बस्न पाउँछन्, उज्यालो भएपछि उनीहरु लोकप्रिय हुने भो भन्ने हिसाबले साथीहरु विरोधमा उत्रिएका हुन् ।”

    खडेरी पछाडी बाढी पहिरो तथा अन्य प्राकृतिक प्रकोपमा परेको नगरवासीलाई राहत वितरण गर्नको लागि एक करोड ४० लाख पैसा छुट्याएको विरुद्धमा पनि उनीहरु विरोधका लागि सडकमा पुगेको नगरप्रमुख राईले बताए । नेकपाबाट निर्वाचित जनप्रतिनिधिहरुको बन्दप्र्रती नेकपाका नेता तथा मेयरका प्रत्यासी हरीशचन्द्र गिरीले आपत्ती जनाएका छन् । टेबल टक गरेर समाधान हुने विषयलाई सडकमा मान्छे उफारेर, कराएर औचित्य नहुने बताए । बाढी र पहिरोले हप्तौसम्म थुनिएर जसोतसो गन्तब्य स्थलतर्फ हिडेका आम नागरिकहरुले स्वस्र्फुत रुपमा बन्दको विरोध गरेका थिए । विकास निर्माण, सुशासनमा लाग्नुपर्ने जनप्रतिनिधि बन्दमा उत्रिंदा नागरिकले भने ‘विप्लव समुह कि जनप्रतिनिधि’ भनेर प्रतिप्रश्न गरेका थिए ।
    यो पनि पढ्नुहोस

    हलेसी चक्का जामप्रती नेकपाकै नेताको आपत्ती

    २०७६ साउन ८ गते साँझ ६ :२३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology