• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जिल्ला अदालत खोटाङद्धारा लक्ष्यभन्दा बढि मुद्दा फछ्र्यौट

जिल्ला अदालत खोटाङद्धारा लक्ष्यभन्दा बढि मुद्दा फछ्र्यौट


समायोजन खबर
  • मंगलबार, साउन ७ २०७६

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर खोटाङ,
    जिल्ला अदालत खोटाङले लक्ष्यभन्दा बढि मुद्दा फछ्र्यौट गरेको छ । आर्थिक वर्ष २०७५/०७६ मा २१५ वटा मुद्दा फछ्र्यौट गर्ने लक्ष्य राखेकामा २२० वटा मुद्धा फछ्र्यौट गरेको हो । अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएको ६३ वटा र आर्थिक वर्ष २०७५/०७६ मा दर्ता भएका नयाँ २१५ सहित २७८ वटा मुद्दामध्ये ५८ मुद्दा टुंग्याउन बाँकी रहेको जिल्ला अदालतका श्रेष्तेदार लालबहादुर कार्कीले बताए । ‘जिल्ला अदालत लक्ष्यभन्दा पाँच वटा बढि मुद्धा फछ्र्यौट गर्न सफल भएको छ,’ श्रेष्तेदार कार्कीले भने, ‘७५ प्रतिशत मुद्दा फछ्र्यौट गर्ने लक्ष्य राखिएकामा लगतको आधारमा ८० प्रतिशत र लक्ष्यको आधारमा १०४ प्रतिशत मुद्दा फछ्र्यौट गर्न सफल भएका छौँ ।’

     

    अदालतका अनुशार व्यक्तिवादी देवानीका १२५ मुद्दामध्ये ९४ वटा, व्यक्तिवादी फौजदारीका ४६ वटामध्ये ४३ वटा, सरकारवादी फौजदारीका ९८ मुद्दामध्ये ७७ वटा मुद्दा फछ्र्यौट भएको छ । यस्तै, व्यक्तिवादी देवानीका पुनरावेदन सम्वन्धी २ वटा मुद्दामध्ये २ वटै र सरकारवादी फौजदारीका पुनरावेदन सम्वन्धीका ३ वटा मुद्दामध्ये २ वटा र निषेधाज्ञा सम्वन्धीका ४ वटा मुद्दामध्ये २ वटा मुा फछ्र्यौट भएको श्रेष्तेदार कार्कीले जनाए ।

    व्यक्तिवादी देवानीकाका ३१ वटा, सरकारीवादी फौजदारीका २१ वटा, व्यक्तिवादी फौजदारीका ३ वटा, निषेधाज्ञाका २ वटा र सरकारवादी फौजदारीका पुनरावेदन सम्वन्धीका १ वटा मुद्दा फछ्र्यौट हुन बाँकी रहेको अदालतले जनाएको छ । आर्थिक वर्ष २०७५/०७६ का लागि अदालतले २७३ वटा मुद्दाको लगत अनुमान गरेको थियो ।
    २०७६ साउन ७ गते साँझ ५ :३९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology