समायोजन खबर पाँचथर,
पाँचथरको हिलिहाङ गाँउ पालिकामा निर्माण भइरहेको पार्कको छत खस्दा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । हिलिहाङ गाउँपालिका वडा नम्वर ७ टाहारीमा निर्माण भइरहेको यलम्वर पार्कको छत खस्दा २ जनाको ज्यान गएको हो ।

मृत्यु हुनेहरुमा हिलिहाङ ७ का ५० वर्र्षीय जगत राई र ५१ वर्षीय रुद्र राई रहेका छन् । गाउँ पालिकाको लगानीमा निर्माणाधिन पार्ककको छत ढलाई पछि खोल्ने क्रममा छतले किचेर सोमवार विहान उनीहरुको ज्यान गएको हो । घटना पश्चात प्रहरी घटना स्थल तर्फ पुगिसकेको प्रहरीले जनाएको छ । घाइते भएका १ जनालाई उपचारार्थ पाँचथर अस्पताल ल्याइदै गरेको पाँचथर प्रहरीले जनाएको छ ।
२०७६ साउन ६ गते दिउँसो १२:१४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology