समायोजन खबर खोटाङ,
जवरजस्ती करणी मुद्धाका दोषी कारागार चलान भएका छन् । २०६६ साल असार २३ गते जवरजस्ती करणीमा संलग्न भएकामा दोषी ठहर साकेला गाउँपालिका–५ मात्तिम (साविकको मात्तिम–७) का ३४ वर्षीय तेजबहादुर राई आईतबार कारागार चलान भएका हुन् । शुक्रबार घरैबाट पक्राउ परेका राईलाई जिल्ला अदालतमा उपस्थित गराए लगत्तै कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक केशवकुमार कटवालले बताए ।

जवरजस्ती करणी गरेकामा उनलाई जिल्ला अदालतले २०७१ साल मंसिर २५ गते १० वर्ष कैंद सजाय सुनाएको थियो । १० वर्षसम्म जिल्ला बाहिर लुकिछिपी बस्दैआएका राई केही दिनअघि घर आएको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
२०७६ साउन ५ गते दिउँसो ४ :४५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology