• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

केही भूभागमा बदली र वर्षाको सम्भावना

केही भूभागमा बदली र वर्षाको सम्भावना


समायोजन खबर
  • आइतबार, साउन ५ २०७६

  • साँकेतिक तस्विर ।

    समायोजन खबर काठमाण्डौ,
    मनसुनी न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली) दक्षिणतर्फ सरेकाले मनसुनी गतिविधि केही कमजोर भए पनि बंगालको खाडीबाट जलवाष्पयुक्त वायु प्रवेश गरेकाले देशका केही भूभागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

     

    महाशाखाका अनुसार आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहि केही ठाउँमा पानी पर्ने सम्भावना छ । आइतबार बिहान देशका पूर्वी तथा पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली र मध्यमा आंशिक बदलीको अवस्था छ । पूर्वका केही भूभागमा हलुका वर्षा भैरहेको महाशाखाले जनाएको छ । आइतबार दिउँसो पनि देशका धेरैजसो भूभागका सामान्य वर्षा हुने अनुमान छ ।

    यस्तै, आइतबार राति देशको पूर्वी भूभाागमा सामान्यदेखि पूर्ण बदली हुनुका साथै मध्य र पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली हुने महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ । आइतबार राति पूर्व र मध्यका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको पनि मौसमविद्ले जानकारी दिएका छन् । बंगालको खाडीबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेकाले सोमबारदेखि पानी पर्ने क्रम बिस्तारै बढ्दै जाने मौसमविद्हरुको अनुमान छ । वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो जाने र खोलाहरुमा जल सतह बढ्ने भएकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

    २०७६ साउन ५ गते बिहान ८ :५३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology