• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिक्तेल रुपाकोट मझुवागढीको खर्च ९२.९२ प्रतिशत

दिक्तेल रुपाकोट मझुवागढीको खर्च ९२.९२ प्रतिशत


समायोजन खबर
  • शुक्रबार, साउन ३ २०७६

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ,
    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा ९२ प्रतिशतभन्दा बढि रकम खर्च गरेको छ । कुल ७० करोड ३० लाख ९२ हजार ९८९ रुपैयाँ बजेटमध्ये ९२.९२ प्रतिशत रकम खर्च भएको नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले बताए । पुँजीगतर्फ १८ करोड ५३ लाख ९६ हजार ९८९ रुपैयाँमध्ये ९३.३ प्रतिशत अर्थात १७ करोड ३० लाख ४१ हजार ७ सय खर्च भएको छ ।

    समपुरक अनुदानतर्फको २ करोड ६२ लाख ८१ हजारमध्ये ४२.२ प्रतिशत अर्थात १ करोड १० लाख ८४ हजार, विशेष अनुदानतर्फको ३ करोड ३२ लाख ६ हजारमध्ये ६२.२ प्रतिशत अर्थात २ करोड ६ लाख ३८ ६५३, प्रदेश सशर्त अन्तरगतको १ करोड ५५ लाखमध्ये ९९.८ प्रतिशत अर्थात १ करोड ५४ लाख ६७ हजार ६८१ रुपैयाँ खर्च भएको नगरप्रमुख रिजालले जानकारी दिए ।


    यस्तै, वित्तीय समानीकरण (चालु)को १० करोड ४७ लाख ९ हजारमध्ये ७२.९ अर्थाथ ७ करोड ६२ लाख ८४ हजार ६५३ रुपैयाँ र केन्द्रको सशर्त बजेट ३३ करोड ८० लाख मध्ये ९४.२ प्रतिशत अर्थात ३१ करोड ८४ लाख ६१ हजार खर्च भएको नगरपालिकाले जनाएको छ । समपुरक बजेटको निकासा ढिलो आएकाले कार्यान्वयन गर्न कठिन भएको नगरप्रमख रिजाालले बताए । ‘समपुरक कोषको बजेट कम ढिलो पठाइए,’ नगरपालिकाको मिट द प्रेस कार्यक्रममा नगरप्रमुख रिजालले भने, ‘टेण्डरमा जानुपर्ने विधि पु-याउनुपर्ने कारणले कार्यान्वयन गर्न अप्ठ्यारो भएको महसुस गरेका छौँ ।’

    संघले राजस्व बाँडफाँडतर्फ १० करोड पठाउने भने पनि १ करोड ७८ लाख घटाएर पठाएको नगरपालिकाले जनाएको छ । प्रदेशले पठाउनुपर्ने २ करोड नआएपछि उधारोमा काम गर्नु परेको जानकारी दिइएको छ । नगरप्रमुख रिजालले प्रक्षेपण गरे अनुशार आन्तरिक राजस्व संकलन गर्न नसकिएको बताए ।
    २०७६ साउन ३ गते राती ८ :३७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology