• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मलेसियाले जरिवाना तिरे गैरकानुनी कामदारलाई स्वदेश फर्कन दिने

मलेसियाले जरिवाना तिरे गैरकानुनी कामदारलाई स्वदेश फर्कन दिने


समायोजन खबर
  • शुक्रबार, साउन ३ २०७६

  • फायल तस्विर

    समायोजन खबर काठमाण्डौ,
    मलेसियाले गैरकानुनी आप्रवासी कामदारलाई माफीसहित स्वदेश फर्कन दिने भएको छ । गृहमन्त्री मुहिद्दिन यासिनले बिहीबार पुत्राजयस्थित अध्यागमन विभागमा पत्रकार सम्मेलन गर्दै आगामी अगष्ट १ देखि डिसेम्बर अन्त्यसम्मको ५ महिने आममाफी कार्यक्रम घोषाणा गरे ।

     

    ‘ब्याक फर गुड (बीफोरजी)’ नाम दिइएको आममाफी कार्यक्रमअन्तर्गत गैरकानुनी कामदारले स्वदेश फर्कन ७०० रिंगिट जरिवाना शुल्क तिर्नुपर्नेछ । यासिनले उक्त कार्यक्रमको उपयोग गर्दै गैरकानुनी आप्रवासी अध्यागमन विभागका कार्यालयमा जरिवाना शुल्क तिरेर स्वदेश र्फन सक्ने बताए । घर फर्कन चाहने गैरकानुनी कामदार सम्बन्धित देशका दूतावासबाट यात्रा अनुमतिपत्र लिएर अध्यागमन विभाग कार्यालयमा उपस्थित हुनुपर्ने छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
    २०७६ साउन ३ गते बिहान ८ :१७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology