समायोजन खबर काठमाण्डौ,
राजधानीको महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा स्रोत नखुलेको रकम भेटिएको छ । सहकारीमा कांग्रेस नेता मोहनबहादुर बस्नेतको ६१ करोड रुपैयाँ स्रोत नखुलेको सम्पत्ति भेटिएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वसञ्चारमन्त्रीसमेत रहेका बस्नेतले प्रणामी सहकारीमा राखेको उक्त रकमको अध्ययन सुरु गरेको छ । विभागले सो रकम झिक्न नमिल्ने बनाएको छ । बस्नेतले कर छलीको रकम सहकारीमा जम्मा गरेको विभागको आशंका छ । बस्नेतले सहकारीमा गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति राखेको भन्दै विभागले बयानका लागि उनलाई बोलाउने तयारी गरेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा तुलसी श्रेष्ठले लेखेका छन् ।
२०७६ साउन ३ गते बिहान ६ :५४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology