• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिक्तेलबजारको १७ घरमा क्षति

दिक्तेलबजारको १७ घरमा क्षति


चिसाङ शेर्पा
  • शनिबार, असार २८ २०७६

  • चिसाङ शेर्पा खोटाङ,
    लगातारको वर्षाले दिक्तेलबजारको १७ घरमा क्षति गरेको छ । बिहीबार रातीबाट परेको वर्षाले दिक्तेलबजार आसपासका घरहरुमा क्षति गरेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलले दिएको जानकारी अनुसार तत्काल समाधान हुन नसके अझ बढी धनजनको क्षति हुनेगरी दिक्तेलका गोविन्द खड्का, प्रेम वजिमय, डम्बर वजिमय, सोमराज वस्नेत, हिरा खत्रीको घरमा क्षति पुगेको जनाएको छ ।

    यस्तै, दिक्तेलकी निर्मला बस्नेत, दिलकुमारी बस्नेत, मान बहादुर कार्की, रमेश बस्नेत, गुन्जमान वजिमय, गिरी परियार, कृष्ण परियार, प्रेम सैंजु, निरकुमारी सैंजु, चन्द्र बहादुर बुढाथोकी, किर्ती बहादुर कट्वाल र रितेश गजमेरको घरमा क्षति पुगेको छ । क्षति भएका घरहरुको शनिबार बिहान प्रमुख जिल्ला अधिकारी, अनुसन्धान, रेडक्रस, प्रहरी, उधोग वाणिज्य संघ, वडा समितिको संयुक्त टोलीले स्थलगत अनुगमन गरेको थियो ।

    २०७६ असार २८ गते दिउँसो ३ः ५९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology