• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

विप्लव प्रहरी भोजपुर काण्ड : वर्षाका कारण मृतक प्रहरीको शव अझै गाउँ आइपुगेन

विप्लव प्रहरी भोजपुर काण्ड : वर्षाका कारण मृतक प्रहरीको शव अझै गाउँ आइपुगेन


समायोजन खबर
  • शुक्रबार, असार २७ २०७६

  • समायोजन खबर खोटाङ,
    विप्लव नेतृत्वको नेकपाका कार्यकर्तासँग भोजपुरमा भएको मुठभेडमा ज्यान गुमाएका प्रहरी जवान सञ्जिव राईको शव अझै घर ल्याउन सकिएको छैन । वर्षाका कारण सडक अवरुद्ध हुँदा बुधबार भोजपुरमा भएको मुठभेडमा ज्यान गुमाएका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा मैतुङका प्रहरी जवान राईको शव घर ल्याउन नसकिएको हो ।

     

    घट्नाकै दिन सेनाको हेलीकोप्टरबाट मृतक प्रहरीको शव पोष्टमार्टमका लागि धरान झारिए पनि कटारी–घुर्मी र हर्कपुर–जयराम सडकका विभिन्न ठाउँमा पहिरो खसेका कारण शव घर ल्याउन नसकिएको आफन्त देशकुमार राईले बताए । प्रहरी जवानको शव घरसम्म पु¥याइदिनुपर्ने परिवारको माग छ । ‘राज्यकै लागि लड्नेक्रममा सहादत प्राप्त गरेको राष्ट्रसेवकको शव राज्यले घरसम्म पु¥याइदिनुपर्छ,’ राईले भने, ‘सडक तथा मौसमको कारण देखाएर शवलाई घरसम्म पु-याउन बेवास्ता पनि भइरहेको छ ।’


    मृतकको शव दुई दिनसम्म धरानमै अड्किदा परिवार थप पिडित भएका छन् । बाटोमा पर्ने ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ मानेभञ्ज्याङको भँडारे खोलामा बाढीको लेदो आएर थुप्रिँदा सयौं सवारी साधन बीचैमा अलपत्र छन् । यस्तै, कटारी र घुर्मीका विधिन्न ठाउँमा पहिरो खस्दा सडकमा अवरोध भएका कारण मृतक प्रहरीको शव धरानमै अल्झिएको हो । प्रहरीले खराब मौसमका कारण हेलीकोप्टर समेत चलाउने अवस्था नभएकाले शव घरसम्म लैजान समस्या भएको बताएको खोटाङका प्रदेशसभा सांसद राजन राईले बताए । ‘प्रहरीको शव घरसम्म पु¥याउने विषयमा डिआइजीसावसँग पनि कुरा भएको छ,’ सांसद राईले भने, ‘उहाँ (डिआइजी)ले सडक पहिरोले बिग्रेको छ । खराव मौसमका कारण हेलीकोप्टर पनि उडाउन सकिने अवस्था छैन भन्नु भएको छ ।’


    २०४५ साल पुस ९ गते जन्मिएका सञ्जिव शान्ति प्रकृयाकैक्रममा नेपाल प्रहरीमा भर्ना भएका थिए । उत्कृष्ट काम गरेवापत उनी भोजपुरमा महिनाको उत्कृष्ट प्रहरीबाट समेत पुरस्कृत भएका थिए । परिवारका जेठो सन्तान रहेका उनका श्रमती र दुई नावालक छोरा छन् । तराई सरुवा भए पनि उनलाई काजमा निकै समय भोजपुरमै राखिएको आफन्तको भनाई छ । सरुवा भएपछि उनले परिवारलाई तराई झारिसकेका थिए । मृतकको शव गाउँमा ल्याएर सम्मानकासाथ अन्त्येष्टी गर्ने तयारी भइरहेको छ ।
    २०७६ असार २७ गते राती ९ : ३६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology