• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पाँचथर र इलाममा बाढीले बगाएर दुई जना बेपत्ता

पाँचथर र इलाममा बाढीले बगाएर दुई जना बेपत्ता


समायोजन खबर
  • शुक्रबार, असार २७ २०७६

  • फाइल तस्विर ।

    समायोजन खबर पाँचथर,
    मिक्लाजुङ गाउँपालिका–४ मा विद्यालय जाने क्रममा खोलाले बगाएर एक जना ९ वर्षीय बालक बेपत्ता भएका छन् । स्थानीय नुवाखोलाले बगाउँदा बेपत्ता हुनेमा स्थानीय लोकबहादुर राईका छोरा ९ वर्षीय दिवस राई बेपत्ता भएका हुन् । रविमा रहेको होलि चाइल्ड इङिलस बोर्डिङ स्कूल कक्षा–४ मा अध्ययनरत बालक शुक्रबार बिहान स्कूल जाने क्रममा पुल नभएको खोला तर्दा बेपत्ता भएका हुन् ।

    अविरल वर्षासँगै बाढी आएको खोला तर्न खोज्दा बालक बगेर बेपत्ता भएको रवि प्रहरीले जनाएको छ । बेपत्ता भएका बालकको खोजी कार्य भइरहेको पाँचथर प्रहरीका प्रवक्ता अनिलकुमार पौडेलले बताउनुभयो ।

     

    त्यस्तै, पानीसँगै बढेको खहरे खोलाले इलाममा शुक्रबार एक जनालाई बगाएको छ । चुलाचुली गाउँपालिका –१ का महानन्द लावतीलाई खेतमा काम गरेर फर्कने क्रममा एक्कासि बढेर आएको खहरे खोलाले बगाएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ । बेपत्ता भएका अन्दाजी ५० वर्षका लावतीको झापा र इलामको प्रहरी टोलीले खोजि गरिरहेको बताइएको छ ।
    २०७६ असार २७ गते राती ८ : ४७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology