समायोजन खबर काठमाडौं,
यती एयरलाइन्सको विमान धावनमार्गमा चिप्लिएपछि अवरुद्ध भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण सुरु भएको छ । नेपालगञ्जबाट यात्रु लिएर आएको यती एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको थियो । त्यसपछि विहान ११ बजेर ५ मिनेटदेखि अन्तरिक तथा बाह्य उडान तथा अवतरण अवरुद्ध हुँदै आएको छ ।

साँझ ७ बजेदेखि भने उडान र अवतरण सञ्चालन भएको छ । घाँसे मैदानमा पुगेको विमान त्यहाँबाट हटाएपछि उडान सुचारु भएको नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।
२०७६ असार २७ गते राती ८ :२३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology