पहिरोले घर पुर्दा आमा र दुई वालकको मृत्युु

चिसाङ शेर्पा खोटाङ,
अविरल बर्षाका कारण पहिरोले घर पुर्दा खोटाङको खोटेहाङ गाउँपालिका–२ वाप्लुखा गोपिनी बाघपच्याङमा आमासहित दुई बालकको ज्यान गएको छ । तीन/चार सय मिटर माथिबाट झरको पहिरोले घर पुर्दा शुक्रबार दिउँसो उनीहरुको ज्यान गएको हो ।
ज्यान जानेमा आमा २९ वर्षीय रेखा राई, उनका ४ वर्षीय छोरा रोमन राई र ७ महिनाका छोरा रोजन राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक बामदेव गौतमले बताए । घरसँगै पुरिएका तीनैजनाको शव प्रहरी र स्थानीयवासीले फेला पारेका हुन । रेखाका श्रीमान विष्णु राईले भने भागेर ज्यान जोगाएका छन् उनको हातखुट्टामा चोट लागेको छ ।
२०७६ असार २७ गते साँझ ६ : १७ मा प्रकाशित