चिसाङ शेर्पा खोटाङ,
अविरल बर्षाका कारण पहिरोले घर पुर्दा खोटाङको खोटेहाङ गाउँपालिका–२ वाप्लुखा गोपिनी बाघपच्याङमा आमासहित दुई बालकको ज्यान गएको छ । तीन/चार सय मिटर माथिबाट झरको पहिरोले घर पुर्दा शुक्रबार दिउँसो उनीहरुको ज्यान गएको हो ।

ज्यान जानेमा आमा २९ वर्षीय रेखा राई, उनका ४ वर्षीय छोरा रोमन राई र ७ महिनाका छोरा रोजन राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक बामदेव गौतमले बताए । घरसँगै पुरिएका तीनैजनाको शव प्रहरी र स्थानीयवासीले फेला पारेका हुन । रेखाका श्रीमान विष्णु राईले भने भागेर ज्यान जोगाएका छन् उनको हातखुट्टामा चोट लागेको छ ।
२०७६ असार २७ गते साँझ ६ : १७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology