• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

चिसापानीमा फैलिएको झाडापखाला नियन्त्रणतर्फ

चिसापानीमा फैलिएको झाडापखाला नियन्त्रणतर्फ


समायोजन खबर
  • शुक्रबार, असार २० २०७६

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर खोटाङ,
    खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीमा फैलिएको झाडापखाला नियन्त्रण उन्मुख भएको छ । पाँच दिन यता साविकको चिसापानी–२, ४, ५ र ६ मा फैलिएको झाडापखालाको प्रकोप क्रमशः नियन्त्रणमा आउन थालेको हो । प्रभावित क्षेत्रमा स्वास्थ्य शिबिर सञ्चालन गरेपछि शुक्रबार गाउँपालिका उपाध्यक्ष बिमला राईको नेतृत्वमा गरिएको स्थलगत अध्ययनकाक्रममा झाडापखाला नियन्त्रण उन्मुख पाइएको गाउँपालिकाका स्वास्थ्य संयोजक पवन पोखरेलले बताए ।


    झाडापखालालाई महामारीको रुप लिनबाट रोक्नका लागि गाउँपालिकाले बिहिबार आयोजना गरेको स्वास्थ्य शिबिरमा झाडापखालाका ४५ बिरामीको उपचार गरिएको थियो । कडा जलवियोजन भएका बिरामीको अवस्थामा पनि क्रमशः सुधार आइरहेको पोखरेलले बताए ।
    २०७६ असार २० गते साँझ ६ :४९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology