• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिक्तेलबजारमा सहकारी र कपडा पसलमा चोरीको प्रयास

दिक्तेलबजारमा सहकारी र कपडा पसलमा चोरीको प्रयास


समायोजन खबर
  • बिहिबार, असार १९ २०७६

  • समायोजन खबर खोटाङ,
    खोटाङको सदरमुकाम दिक्तेलबजारमा सञ्चालित लालुपाते सहकारी संस्थाको ताला तोडेर चोरीको प्रयास भएको छ । सहकारीको बैंकचोकस्थित कार्यालयमा बुधबार राती ताला तोडेर चोरीको प्रयास भएको प्रहरीले जनाएको छ । अज्ञात व्यक्तीले सहकारीको मुल ढोकाको ताला तोडेर काउण्टर कक्षको दराजको पनि ताला तोडेर पैसा राख्ने सेफ बक्स निकालेर तोड्ने प्रयास गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।


    सहकारीको दुई वटा सिसि क्यामेरा कपडाले छोपेर र हातमा पञ्जा हालेर कार्यालय तोडेको पाइएको छ । दराजबाट निकालिएको डेढ सय केजीभन्दा बढि तौल भएको सेफ बक्स पनि कुच्याइएको अवस्थामा फेला परेको छ । सेफ बक्स नफुटेपछि पैसा चोरी हुनबाट जोगिएको छ ।

     

    यस्तै, दिक्तेलबजारकै अम्बागाछीस्थित कपडा व्यवसायी टंकप्रसाद आचार्यको पशलमा पनि ताला तोडेर चोरीको प्रयास भएको छ । पछाडिपट्टिको ढोकाको ताला तोडेर कपडा पसलको गल्ला खोलेको पाइएको छ । पशलको ¥याकबाट केही जोर जुत्ता समेत भुँईमा झारेर छाडेको पाइएको आचार्यले बताए । पछिल्लो समय नगरपालिकाले दिक्तेलबजारका विभिन्न ठाउँमा सिसि क्यामेरा जडान गरेपनि चोरी रोकिएको छैन ।
    २०७६ असार १९ गते साँझ ६ :३७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology