• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

‘नेपाल लोक स्टार’ आजबाट प्रशारण हुँदै

‘नेपाल लोक स्टार’ आजबाट प्रशारण हुँदै


समायोजन खबर
  • बिहिबार, असार १२ २०७६

  • समायोजन खबर काठमाडौं,
    मौलिक रियालिटी ‘शो’ ‘आईएमई नेपाल लोक स्टार’ आजबाट प्रशारण शुरु हुनेभएको छ । सिङगिङ रियालिटी ‘शो’ ‘आईएमई नेपाल लोक स्टार’ आजबाट प्रत्यक बिहीबार र शुक्रबार राति साढे ८ बजेबाट शुरु हुनेछ ।

     

    ‘शो’ एपीवान एचडी टेलिभिजन र रमाइलो टिभीबाट प्रशारण हुने छ भने युट्युबाट पनि लाइभ हेर्न सकिने आयोजक चाहना मिडियाका अध्यक्ष सहदेव कोइरालाले जानकारी दिए । उनका अनुसार युट्युब लाइभ स्ट्रिममा प्रथम ५० भित्र कमेन्ट गरि सेयर गर्ने दर्शक मध्य एक जनालाई कलरर्सको वानई स्मार्टफोन उपहार प्रदान गर्नुका साथै दुईवटा प्रत्यक्ष ‘शो’ हेर्ने अवसर दिइने छ । आजबाट प्रशारण हुने ‘शो’मा मेगा अडिसनबाट छानिएका १०९ प्रतिस्पर्धीबाट २५ जना स्थिापित गर्ने शोमा पुग्नेछन् । मेगा अडिसनका सातवटा श्रृंखलापछि स्थापित गर्ने एउटा श्रृंखला हुने अध्यक्ष कोइरालाले जानकारी दिए ।

    उत्कृष्ठ १० सम्म निर्णायकको ५० प्रतिशत र भोटिङको ५० प्रतिशतका आधारमा प्रतिस्पर्धी छनोट हुनेछन् । उत्कृष्ठ १० बाट ८० प्रतिशत दर्शक र २० प्रतिशत निर्णायकको भोटका आधारमा प्रतिस्पर्धीको छनोट हुनेछ । फाइनलसम्म ८०/२० कै आधारमा छनोट हुनेछ । उत्कृष्ठ पाँचबाट फाइनल भनिनेछ । फाइनलमा छनोटको सबै अधिकार दर्शकको भोटमा रहनेछ ।

     

    अध्यक्ष कोइरालाका अनुसार उत्कृष्ठ ५ जनालाई लिएर सातवटै प्रदेशमा ‘नेपाल लोक स्टार’ले कन्टसर्ट गरिने छ । कार्यक्रमको ३६ औं श्रृखंला फाइन हुनेछ । ‘शो’मा लोक भाका मात्रै गाइने छ । विजेताले करसहित नगद रु ५० लाख रुपैयाँ पाउने छन् भने दोस्रो हुनेलाई २५ लाख र तेस्रो हुनेलाई १० लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ । ‘नेपाल लोक स्टार’को निर्णायकमा जयनन्द लामा, रामजी खाँड, बिबि अनुरागी सुनिता दुलाल छन् ।
    २०७६ असार १२ गते मध्यान्ह १ :०३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology