समायोजन खबर खोटाङ,
किरात राई लेखक संघ खोटाङको अध्यक्षमा डिल्लीराम राई ‘नाकारा’ चयन भएका छन् । नाकाराको अध्यक्षतामा १५ सदस्यीय नयाँ समिति निर्माण गरिएकोे छ । समितिको संयोजकमा सीता थुलुङ र सदस्यहरुमा रामधन राई बेदना, जीवन राई ज्वाला, शुसिला राई निनाम, जयन्ता राई ज्वाला, धनिराम राई, जयन्ती राई र युगसन किरात रहेका छन् ।

किरात राई लेखक संघका अध्यक्ष खुक्सङ खम्बु तथा किरात राई प्रज्ञा परिषद सदस्य सचिब डा. तारामणि राईको उपस्थितीमा किरात राई यायोक्खा खोटाङको कार्यालयमा शुक्रबार भएको ऐतिहासिक पहिलो भेलाले सो समिति गठन गरेको लेखक संघका सदस्य युगसन किरातले जानकारी दिए ।
भेलाले चार सदस्यीय सल्लाहाकार समिती पनि गठन गरेको छ । समितिमा दिक्तेल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हिरा कुमार राई, सोही क्याम्पसका प्राध्यापक राम प्रसाद राई, कवि बेदिकुमार राई र यायोक्खा खोटाङका अध्यक्ष हत्तिराम राई रहेका छन् ।
२०७६ असार ६ गते राती ८ : ४९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology