• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

किरात सेवा समाज र किराया खोटाङद्धारा सार्वजनिक सुनुवाई

किरात सेवा समाज र किराया खोटाङद्धारा सार्वजनिक सुनुवाई


चिसाङ शेर्पा
  • शुक्रबार, असार ६ २०७६

  • चिसाङ शेर्पा खोटाङ,
    दिक्तेलस्थित माटीकोरे खेलमैदानमा जेठ ३२ गते समापन भएको साकेला शिली प्रदर्शन तथा समापन कार्यक्रमको वारेमा सार्वजनिक सुनुवाई गरिएको छ । किरात राई यायोक्खा खोटाङ र किरात सेवा समाज दिक्तेलको आयोजनामा उभौली चाडको अवसरमा साकेला शिली प्रदर्शन तथा समापनका लागि संकलित रकम र खर्चको वारेमा शुक्रबार सार्वजनिक सुनुवाई गरिएको हो ।


    दिक्तेलस्थित सगरमाथा होटलमा गरिएको सार्वजनिक सुनुवाईमा किरात राई यायोक्खाको अगुवाईमा एक लाख चौविस हजार पाँच सय पचासी र किरात सेवा समाज दिक्तेलको अगुवाईमा ४१ हजार रकम संकलन भएको जानकारी दिएको थियो । यायोक्खा र समाजले एक लाख ६५ हजार पाँच सय पचासी रुपैयाँ संकलन गरेको आर्थिक संयोजक तथा किरात राई यायोक्खा खोटाङका उपाध्यक्ष सन्जय कुमार राईले जानकारी दिए । आर्थिक संयोजक राईका अनुसार संकलन रकम मध्ये एक लाख ४१ हजार नौ सय ४५ रुपैयाँ कार्यक्रममा खर्च भएको छ । २३ हजार ६ सय ४० रुपैयाँ वाँकी रहेको छ । सो रकम संस्थाको हकहितमा खर्च गरिने किरात सेवा समाजका अध्यक्ष दिनेश कुमार राईले बताए ।

     

    यसैविच, सार्वजनिक सुनुवाईसँगै सहयोगी दाताहरुलाई सम्मान गरिएको छ । साकेला शिली प्रदर्शनका लागि स्वेच्छिक रुपमा सहयोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मान–पत्र प्रदान गरिएको थियो । सहयोगीदाताहरुलाई धन्यवाद प्रकट गर्दै किरात राई यायोक्खाका अध्यक्ष हात्तीराम राईले सम्पुर्ण किरात तथा गैर किरातहरुलाई यो, त्यो नभनी सवैकोे भाषा, संस्कार, संस्कृती जर्गेनामा लाग्न सुझाव दिए ।
    २०७६ असार ६ गते राती ८ :२७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology