समायोजन खबर खोटाङ,
ट्याक्टर दुर्घट्ना हुंदा एक जनाको मृत्यु भएको छ । रावाबेंसी गाउँपालिका–३ लामीडाँडास्थित ठूलोआहालमा बिहिबार राती टपार्किङ गरेर राखिएको ना ५ त ६६०० नम्बरको ट्याक्टर चलाउन खोज्दा ट्याक्टर पल्टिँदा मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका–५ जाँतेका अन्दाजी २२ वर्षीय सह–चालक नविन भुजेलको मृत्यु भएको हो ।

रोकेर राखिएको ठाउँबाट १०/१५ मिटर परसम्म गुडाएपछि ट्याक्टर अनियन्त्रित भएर करिब ३०/३५ मिटर तल खसेको प्रहरीले जनाएको छ । ट्याक्टर पल्टिएपछि गम्भीर घाईते भएका भुजेललाई उपचारका लागि स्वास्थ्यचौकी लामीडाँडा पु-याएपछि मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक केशवकुमार कट्वालले बताउनुभयो ।
२०७६ असार ६ गते दिउँसो ३ : ५६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology