समायोजन खबर खोटाङ,
दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे नाप्तीकुका ललिन्द्र राई पुलबाट हाम फालेर सुनकोसी नदीमा बेपत्ता भएका छन् । उदयपुरको बलम्तामा आफन्तको घरमा पुगेर घर फर्कनेक्रममा राईले बतासे र उदयपुरको लिङचुङबुङ गाउँपालिका जोड्ने भँडारेघाटस्थित पुलबाट सुनकोसीमा हाम फालेको प्रहरीले जनाएको छ । श्रीमतीसँगै रहेका राईले आईतबार पुलबाट हाम फालेको बतासेका वडाध्यक्ष लोकेन्द्र राईले बताए ।

उनले हाम फाल्नुको कारण खुल्न सकेको छैन । बेपत्ताको खोजीका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक केशवकुमार कट्वालले बताए । ‘पुलबाट हाम फालेर नदीमा वेपत्ता भएको भन्ने जानकारी आएको छ,’ प्रहरी निरिक्षक कट्वालले भने, ‘खोजी कार्य जारी रहे पनि फेला पर्न सकेको छैन ।’ घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२०७६ असार १ गते मिध्यान्ह १ :०५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology