चिसाङ शेर्पा खोटाङ,
खोटाङको नुनथलामा ट्याक्टर दुर्घट्ना हुंदा पाँच जना घाईते भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको धौलाङमा ना ४ त ७१५५ नम्बरको ट्याक्टर दुर्घट्ना हुंदा दुईजना गम्भीर घाईते भएका छन् । गम्भीर हुनेमा चालक र सह चालक छन् ।

दिक्तेलको मुढेबाट धौलाङमा ढुंगा लिन जादै गरेको खाली ट्याक्टर शनिबार (आज) साँझ ६ : २० वजे दिक्तेल–हलेसी सडकखण्डको सडकबाट अन्दाजी ६ सय मिटर तल खसेर दुर्घट्ना भएको हो । दुर्घट्नामा चालक जालपाका २२ वर्षीय सर्वण श्रेष्ठ र सह चालक रावाबेंशी गाउँपालिका–३ लामिडाँडाका अन्दाजी १६ वर्षीय चुलेन्द्र विसंखे गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक केशव कुमार कटवालले जानकारी दिए ।
यस्तै, दुर्घट्नामा बुइपाकी अन्दाजी १८ वर्षीय शर्मिला परियार, १७ वर्षीय अशोक परियार र सोही ठाउँ बुईपा छापगाउँका अन्दाजी २० वर्षीय सरिता राई घाईते भएका छन् । चालक श्रेष्ठको कम्मरमुनीको भाग नचल्ने तथा सह चालक विसंखेको शरीरको विभिन्न भागमा चोट लागेको छ । शर्मिलाको निधार र कानमा गम्भीर चोट लागेको छ । सरीताको खुट्टामा चोट लागेको तथा अशोक सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरु सवैको स्वास्थ्य चौकी नुनथलामा प्राथमिक उपचार पश्चात थप उपचारका लागि जिल्ला अस्पताल दिक्तेल ल्याईएको छ । दुर्घट्नाका कारण खुल्न सकेको छैन ।
२०७६ जेठ ३२ गते राती ८ :५२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology