• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

३९ घरधुरीलाई फलामे चुलो वितरण

३९ घरधुरीलाई फलामे चुलो वितरण


चिसाङ शेर्पा
  • शुक्रबार, जेष्ठ ३१ २०७६

  • चिसाङ शेर्पा खोटाङ,
    खोटाङमा दलित घरधुरीहरुलाई सुधारिएको फलामे चुलो वितरण गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ३९ दलित घरधुरीलाई फलामे चुलो वितरण गरिएको हो । नगरपालिकाभित्र रहेको ९९ दलित घरधुरीमध्ये पहिलो चरण अन्र्तगत ३९ जनालाई चुलो वितरण गरिएको हो । नेपाल सरकार उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा आएको चुलो शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगरप्रमुख दिपनारायण रिजालले उनीहरुलाई प्रदान गरेका हुन् ।


    दोश्रो चरणमा ६० जनालाई सोही अनुसारको चुलो प्रदान गरिने दिक्तेलका वडाध्यक्ष टंक प्रसाद आचार्यले जानकारी दिए । नगरपालिकाभित्र रहेका ४ सय ९० दलित घरधुरीमा चुलो पु-र्याउने योजना रहेको नगरप्रमुख रिजालले बताए । आर्थिक वर्ष २०७६/०७७ को सुरुवातबाट दलित घरधुरीमा सोलार समेत वितरण गरिनेछ ।  यसैगरी, ऐंसेलुखर्क गाउँपालिकामा दलित तथा विपन्न वर्गगरी ४ सय ९० घरधुरीहरुलाई सुधारिएको फलामे चुलो वितरण गरिएकोे छ । केही घरधुरीले भने, चुलो लैजान बाँकी छ । नेपाल सरकार उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा शुक्रबार नै प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा १ किलोवाटको सोलार समेत जडान गरिएको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलालले बताए ।

     

    जालपा मावि बाकाचोल बादेल, माक्पा मावि माक्पा, त्रिभुवन मावि ऐसेलुखर्क, कालिका मावि बाकाचोल, कालिका वालविकस मावि राखावाङदेल, शान्तोदय मावि ज्यामिरेमा २/२ किलावाटको सोलार जडान गरिएको छ । सिम्ले मावि जलेश्वरी र शिशु मावि महेश्वरीमा यसअघि जडान गरिएको थियो । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा सोलार जडान भएका विधालयमा कम्प्युटर कक्षा व्याव्यस्था गरेर गाउँपालिकाले निशुल्क इन्टरनेट जडान गरिदिएको छ ।
    २०७६ जेठ ३१ गते साँभ ५ :१० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology