• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

एक लाखभन्दा बढि सामाजिक सुरक्षा भत्ता फिर्ता

एक लाखभन्दा बढि सामाजिक सुरक्षा भत्ता फिर्ता


समायोजन खबर
  • शुक्रबार, जेष्ठ ३१ २०७६

  • सांकेतिक तस्विर।

    समायोजन खबर खोटाङ,
    बैंकमार्फत सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरेपछि खोटाङको जन्तेढुंगा गाउँपालिका(५ चिसापानीमा १ लाख २० हजार भन्दा बढि रकम फिर्ता भएको छ । गत चैतदेखि सालपा बिकास बैंकको शाखा कार्यालय चिसापानीबाट सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरेपछि एक लाख २० हजार ८ सय रकम फिर्ता भएको हो । वडामा चार–चार महिनामा एकमुष्ट सामाजिक सुरक्षाभत्ता वितरण गर्ने गरिएकामा यस अवधिमा मृत्यु भएका, नाम दोहोरिएका र लगत कट्टा गरिएका १८ जनाको नामको सामाजिक सुरक्षाभत्ता फिर्ता भएको वडाध्यक्ष रामकुमार श्रेष्ठले बताए ।


    सामाजिक सुरक्षाभत्ता वितरणलाई पारदर्शी बनाउन वडा कार्यालयले बैंकमार्फत भुक्तानीको व्यवस्था मिलाएको थियो । वडासँगको सहकार्यमा घर–घरमै पुगेर सामाजिक सुरक्षा भत्ताका लागि खाता खोलेको र हिँडेर बैंकसम्म आउन नसक्ने अशक्तलाई घरैमा लगेर सामाजिक सुरक्षाभत्ता दिने व्यवस्था मिलाइएको सालपा बिकास बैंकका विभागीय प्रमुख दिपकर राईले बताए ।‘वडाका ४६५ जनाका लागि २६ लाख ६७ हजार ६ सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता निकासा भएको थियो,’ राईले भने, ‘वितरण गर्दै जाँदा १८ जनाको नामको रकम फिर्ता भएको हो ।’
    २०७६ जेठ ३१ गते बिहान ८ :०२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology