• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

ज्येष्ठ नागरिक, महिला र बालबालिकाको क्षेत्र विरुद्धमा बजेट : सांसद गुरुङ

ज्येष्ठ नागरिक, महिला र बालबालिकाको क्षेत्र विरुद्धमा बजेट : सांसद गुरुङ


समायोजन खबर
  • बुधबार, जेष्ठ २९ २०७६

  • समायोजन खबर खोटाङ,
    प्रतिनिधि सभा सदस्य हिरा गुरुङले ज्येष्ठ नागरिक, महिला र बालबालिकाको क्षेत्र विरुद्धमा बजेट आएको बताएकी छन् । बुधबार प्रतिनिधि सभा वैठकमा गुरुङले बालवालिकाहरुको सवालमा बेचविखन, वाल यौन दुराचारजस्ता अत्यन्तै संवेदनशिल पक्षसँग यो बजेट नजिक नपुगी सतहमा मात्र भएको बताएकी हुन् । गुरुङले बाल अध्ययन र खेलमैदान निर्माणमा सरकारको नारामात्रै भएको बताएकी छन् ।

     

    आमाबाबुको पत्तो नलागेका अनाथ, सडक बालवालिकालाई संघसंस्थाले पालनपोषण गर्ने होईन, यसको सम्पूर्ण संरक्षण सरकारले नै गर्नुपर्ने हो त्यसतर्फ यो बजेट चुकेको छ । ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता बृद्धि गरिएता पनि नेपाली कांग्रेसको सरकार भएको समयमा उमेर ६५ वर्ष कायम गरेको र भत्ता पाँच हजार पुर्याइएकोे थियो । त्यसलाई खारेज गरेर यो सरकारले ज्येष्ठ नागरिक विरोधी बजेट ल्याएको गुरुङले बताएकी छन् । साथै ज्येष्ठ नगारिकलाई मनोरञ्जन गर्न भजन, कृतन, स्थलनिर्माणको कुनै व्यवस्था नभएको हुँदा यो बजेट नागरिकको विरुद्धमा रहेको गुरुङको धारणा छ ।


    आर्थिक वर्ष २०७६/७७ को बजेटमाथि छलफल गरिरहँदा जति पनि कार्यक्रमको व्यवस्था गरिएको छ । पढ्दा र सुन्दामात्र राम्रो लाग्ने खालको छ, जस्तै, जडिबुटी उत्पादन र वितरणमा सहजता बनाउँने भनिएता पनि भएकै जडिबुटी प्रसोधन केन्द्रको संरक्षण गर्नु भन्दा नयाँ केन्द्रको स्थापना गर्छु भन्नु भनेको जनतालाई झुक्याउँनु खोजेको जस्तो मात्रै हो, सांसद गुरुङले संवोधनको क्रममा भनेकी छन् ।

     

    बन संरक्षण गर्ने सम्बन्धमा र पैदावारसँग सम्बन्धित उद्योगहरुलाई व्यवस्थित गर्नु भन्दा तस्करहरुलाई प्रषय दिएको देखिन्छ, त्यस कारण यस बजेटमा पनि समुदायलाई प्रोत्साहन बनाउँनु भन्दा निरुत्साहित गर्न खोजेको देखिन्छ । वातावरण जस्तो महत्वपूर्ण कुरालाई बिना कार्यक्रम रकम मात्र छुट्याएर यसको प्रभावकारी कार्यान्वयन हुदैन गुरुङले बताईन । ‘महिला बालवालिका तथा ज्येष्ठ नागरिकहरुको अवस्थालाई अझै प्रभावकारी र राज्यको सवै अंगमा सहभागिता गराउँने भनिएता पनि त्यस्तो नदेखिएको र राष्ट्रपतिसँग महिला उत्थान कार्यक्रम पार्टीको कार्यकर्तालाई भरणपोषण गर्ने कार्यक्रम जस्तो देखिएको छ ।’ राष्ट्रपति महिला उत्थान कार्यक्रम सवैको साझा हुन जरुरत रहेको छ ।

    हरेक वर्ष विनीयोजित बजेटमा नयाँ–नयाँ स्वरुपको थालनी गरिन्छ । यस पटक पनि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत पकेट, ब्लग, जोन र सुपरजोन निर्धारण गरेर भट्मास र फापरलाई समावेश गरिएको हुँदा यो कार्यक्रम देख्दा राम्रो देखिन्छ तर पहिले संचालन गरेको कार्यक्रम कतिको सफल तथा प्रभावकारी भयो भएन, भन्ने कुनै वितरण र जानकारी बिना यो कार्यक्रम ल्याईएकोले यो कार्यक्रम जनतालाई लोभ्याउँने कार्यक्रम मात्र भएको सांसद गुरुङको भनाई छ ।
    २०७६ जेठ २९ गते राती ८ :५२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology