• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

शिक्षा महत्वपुर्ण पाटो हो : थाई राजदुत तान्सकुल

शिक्षा महत्वपुर्ण पाटो हो : थाई राजदुत तान्सकुल


चिसाङ शेर्पा
  • बुधबार, जेष्ठ २९ २०७६

  • बाम्राङमा अवस्थित सावित्रा माविमा बनेको विधालय भवन उद्घाटन पश्चात सम्बोधन गर्नुहुंदै थाई राजदुत भाकवत तान्सकुल । तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    थाई राजदुत भाकवत तान्सकुलले शिक्षा महत्वपुर्ण पाटो भएको बताउनुभएको छ । शिक्षाले नेपाली बच्चाहरुलाई कुन भविष्यतर्फ लैजाने भन्ने दिशा निर्देशन गर्ने र बच्चाहरुको भविष्य सुनिश्चित गर्ने भएकाले शिक्षा सबैभन्दा महत्वपुर्ण पाटो भएको बताउनुभएको हो ।

     

    बुधबार खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा अवस्थित सावित्रा मावि परिसरमा सो माविका लागि थाइ दाता माष्टर वान्चाउ रोउ एरि र रोयल थाइ मोनास्ट्रीको ४५ लाख आर्थिक सहयोगमा निर्माण सम्पन्न चारकोठे पक्की भवनको उद्घाटन गर्दै राजदुत तान्सकुलले विधालय उदघाटनजस्तो पवित्र कार्यमा आफू सहभागी हुन पाएकोमा अत्यन्तै खुशी प्रकट गर्नुभयो । लुम्बिनीमा अवस्थित रोयल थाइ मोनास्ट्री विधालयको आर्थिक सहयोगमा सन् १९९२ देखी निरन्तर रुपमा शिक्षा सेवामा सहयोग गरिरहेको बताउँदै सावित्रा मावि जस्तै नेपालका अन्य विधालयहरुलाई पनि सहयोग गर्ने इच्छा प्रकट गर्नुभयो ।

    थाई राजदुत भाकवत तान्सकुललाई स्वागत गर्दै विधार्थीहरु । तस्विर चिसाङ शेर्पा

    करीव पाँच मिनेट सम्बोधन गर्नुभएका राजदुत तान्सकुलले रोयल थाइ मोनास्ट्री विधालयमार्फत हालसम्म झण्डै सात सय ५० जना भन्दा बढी नेपाली महिला विधार्थीहरुलाई शिक्षा दिइरहेको उल्लेख गर्नुभयो । थाइ सरकारले विभिन्न क्षेत्रमा छात्राबृत्ति तथा अन्य सहयोग गरेर पनि नेपाललाई सहयोग पु-याईरहेको समेत स्मरण गराउनुभयो । सन २०१९ नोभेम्बर मा नेपाल र थाइल्याण्ड दुई देश विचको द्धैत्य सम्बन्ध पूरा हुने भएकाले नेपाल र थाइल्याण्डबिचको संमृद्ध सम्बन्धलाई बलियो र दिगो बनाउनमा आतुर भएको बताउनुभयो ।

    निर्माण सम्पन्न विधालय भवन उद्घाटन गर्नुहुंदै थाई राजदुत भाकवत तान्सकुल । तस्विर चिसाङ शेर्पा

     

    विधालय भवन उद्घाटन पश्चात सामूहित तस्विरमा थाई राजदुत भाकवत तान्सकुल । तस्विर चिसाङ शेर्पा

    २०७६ जेठ २९ गते साँझ ६ :०९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology