• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

संघीय सरकारबाट खोटाङलाई तेब्बर बजेट

संघीय सरकारबाट खोटाङलाई तेब्बर बजेट


समायोजन खबर
  • सोमबार, जेष्ठ २७ २०७६

  • समायोजन खबर खोटाङ,
    विकासे योजनाका लागि खोटाङलाई संघीय सरकारबाट करिब साँढे ८ अर्व बजेट विनियोजन भएको छ । आईतबार पत्रकार संमेलनमा बोल्दै सांसद विशाल भट्टराईले अन्य बर्षहरुको तुलनामा तेब्बर करिब साँढे ८ अर्व बजेट खोटाङमा पार्न सफल भएको जानकारी गराएका हुन् । पत्रकार संमेलन मार्फत बजेट सुनाउदै सांसद भट्टराईले भने, केन्द्र सरकारको जम्मा बजेटको २ प्रतिशत भन्दा बढी बजेट जिल्लामा ल्याउन सफल भएको बताए ।

     

    बजेटलाई सहि सदुपयोग गर्न मिडियाले खबरदारी गरिदिनु पर्छ । आउने वर्ष अझ बढी बजेट ल्याउने छु । जिल्लामा अहिले सम्म १ प्रतिशत भन्दा बढी बजेट आउन सकेको थिएन । सांसद भट्टराईले कृषि, सडक, खानेपानी सिंचाई विद्युत लताएतका क्षेत्रमा बढि बजेट छुटिएकोे बताए ।


    राजमार्गको हिसावले जिल्लामा मध्ये पहाडी राजमार्ग, गाईघाट दिक्तेल, सगरमाथा स्वर्ण चक्रपथ लगाएतका ठुला राजमार्ग धमाधम निर्माण भईरहेको बताउदै सांसद भट्टराईले भने, मेरो कार्यकालमा धेरै बिकास हुनेछ । पर्यटनको क्षेत्रमा हलेसीलाई विशेष फोकस गरेको बताउदै सांसद भट्टराईले भने, यसपटकको बजेट बक्त्तब्यमा खोटाङका दुई वटा ठुला योजनाको नाम आएकोमा खुसी छु । हलेसी गुरुयोजना र दुधकोशी परियोजना यि चाँडै सञ्चालन हुनेछन् । दुधकोशी परियोजना सुरु गर्न सरकारले ६३५ मेगावटको परियोजनाको लागि एक खर्ब ५० अर्ब लागत रकम छुट्टाएको छ अब यसै वर्ष टेण्डर हुन्छ ।

    हलेसी र दुधकोशी परियोजनाको समस्या भनेको मुअब्जा हो । उनले भने, यसको लागि घर धुरी शर्भे गर्ने कार्य भईहरेको छ ।, कसैको मन नदुखाउने गरी मुअब्जा वितरण गरिने छ । पत्रकार सम्मेलनमा सांसद भट्टराईले ‘सदरमुकामको ठुलो समस्या हलहुने गरि बजेटको पहल गरेको छु, शहरी विकास मार्फत दिक्तेल बजार ढलान गर्ने र शहिद मनोज जोशी सभागृह निर्माण नगरपालिकासगँको सहकार्यमा यसै बर्षवाट प्रारम्भ गरिने छ । सडक सम्बन्धि योजनाहरुमा यस पटक दिक्तेल खोटाङबजार, बंशिलाघाटबाट चिसापानी हुदै दिक्तेल ऐसेलुखर्क सोलुसम्म जोड्ने उत्तर दक्षिण राजमार्ग, खोटाङबजारवाट पामाखाङ भञ्ज्याङ भोजपुर जोड्ने अन्तर जिल्ला सडक लगाएत दर्जनौ सडकहरु यस बर्ष खोटाङमा परेका छन् ।

     

    जिल्लामा ३० वटा पक्की पुल निमार्ण भईरहेको स्मरण गराउदै सांसद भट्टराईले भने, मेरो ५ बर्षे कार्यकालमा कुनै खोलामा पनि पुल लाग्न बाँकि नरहने गरि काम गरिरहेको बताए । पहाडी भेगमा प्रदेशकै बढी सिंचाई योजन खोटाङमा परेको छ, खानेपानीमा नयाँ प्रारम्भ गरेको छु सांसद भट्टराईले भने, खानेपानी नपुगेको ठाउँमा योजना दिने पुगिसकेको ठाउँमा फिल्टर सहितको सिधै धारावाट पानी खोलेर पिउन मिल्ने गरि जिल्लाको दुई वटा स्थानीय तह ऐसेलुखर्क र खोटाङबजारवाट यो योजना प्रारम्भ हुनेछ ।
    २०७६ जेठ २७ गते राती ९  : १२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology